२०८२ फाल्गुन ५ गते
×

Now Playing

किसानको स्याउ बगैँचामा पुग्दै कृषि प्राविधिक


जुम्लामा स्याउ बगैँचाको व्यवस्थापन तथा विरुवा काँटछाँट गर्न सिकाउने उदेश्यले कृषि प्राविधिक किसानको स्याउ बगैँचामा पुगेका छन्। बगैँचामै पुगेर उनीहरुले स्याउको उत्पादन बृद्धि गर्नको लागि बगैँचा व्यवस्थापन र काँटछाँटमा ध्यान पुर्याउनको लागि आग्रह गरेका हुन्।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांस किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेको हो। कृषि विकास कार्यालय जुम्लाको आर्थिक वर्ष २०८०र०८१ को स्वीकृत कार्यक्रम अनुसार स्याउ बगैंचा व्यवस्थापन अन्तर्गत किसानलाई चुना र निलाथुतो पनि वितरण गरिएको थियो।कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढा किसानलाई स्याउ बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यवहारीक अभ्यास गर्न थालिएको बताउँछिन्।

उनले भनिन्,‘बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन। एक आपसमा बगैँचाको व्यवस्थापन बारेको अनुभव आदानप्रदान गर्छन्। गुणस्तरीय स्याउ उत्पादनको लागि जोड दिन्छन्। बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको छ। ’जुम्लाको तिला गाउँपालिका (१ रारा सेरी गाउँका किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यवहारीक अभ्यास गरिएको हो। जुम्लाका अन्य गाउँपालिकामा पनि किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेको उनी बताउँछिन्।


बुधबार र विहिवार मात्रै कृषि प्राविधिकले ६० जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यवहारीक ज्ञान दिएका हुन। किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउदा निकै लाभान्वित भएका हुन। विरुवा लगाउने देखि काँटछाँट,मलखाद्यको प्रयोग ,निलाथुतो र बोडो पेस्ट लगाउने लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको कृषि प्राविधिक सुस्मा बताइन्।किसानले स्याउ लगाएपछि विरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिदा हुने हानीका बिषयमा छलफल हुने गरेको बताउँछन्।

अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउदै आएका छौँ। किसान पनि निकै जागरुक भइसकेका छन्। उनले भने,‘बगैँचा भित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन्। कृषि प्राविधिकले समस्या समाधानको लागि गर्नु पर्ने कार्यका बारेमा सुझाव दिने गरेका छन्। यो कार्यले किसान र कृषि प्राविधिक बीचको सम्बन्ध निकै प्रगाढ हुने गरेको छ।’एउटा विरुवाले कसरी गुणस्तरीय फल दिन्छ भन्ने बारेमा सीप सिकाइन्छ। विरुवा व्यस्थापनका चरणहरु समेत बताउने गरिएको छ। जति राम्रो बगैँचा व्यवस्थापन हुन सक्यो। उत्तिनै राम्रो स्याउले उत्पादन दिने हो,उनले भनिन्,गुणस्तरीय स्याउ फलाउने गरी व्यवस्थापन गर्न सकेको खण्डमा बजारको अभाव हुदैन।‘व्यापारी बगैँचामै पुगेर स्याउ उठाएर लैजान्छन। किसानले राम्रो आम्दानी गर्न सक्छन्।

बगैँचा व्यवस्थापन र काँटछाँटको मर्म पनि यही हो।’कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि किसान उत्साहित बनेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया बुढा बताउँछन्। उनले भने,‘किसानको जीवन स्तरमा परिवर्तन ल्याउन यो सीप निकै प्रभावकारी छ। स्याउ खेतिमा किसानको आकर्षण समेत बढाउने गरेको छ।’उनले स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफै परिपक्क हुनु पर्नेमा जोड दिए। अध्यक्ष रोकायाले भने,‘जुम्ला स्याउ खेतिको निकै संभावना बोकेको क्षेत्र हो।

सही रुपमा स्याउ बगैँचाको व्यवस्थापन र काँटछाँटमा प्राथमिकता दिनुपर्छ। स्याउ नै यहाँको आर्थिक समृद्धिको आधार बन्ने निश्चित छ। यता स्याउ सुपरजोन परियोजनले पनि किसान बगैंचामा पुगेर सहजीकरण गर्दै आइरहेको सुपरजोनका प्रमुख खेमराज शाहीले बताए। सुपरजोन जुम्लामा लागु भएपछि स्याउ खेतिमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने भएका छन्।

गाउँपालिका – १ छक्क बुढाले स्याउ खेतिले परिवारमा खुसी ल्याएको सुनाए। कृषि प्राविधिकले ज्ञान सीप दिएपछि एकसय स्याउ विरुवा काँटछाँट र व्यवस्थापन गरेको उनले बताए। सधैं कृषि प्राविधिक बगैँचामा पुग्न सक्ने अवस्था रहदैन्, उनी भन्छन्,‘सम्बन्धित किसानले सीप सिकेमा निकै उपलब्धिपूर्ण हुन्छ। बगैँचालाई कस्तो स्वरुप दिने स्वयम किसानले नै जानेको हुनुपर्छ। यो एक व्यवसायिक किसानको जिम्मेवारी पनि हो।’

किसानको स्याउ बगैँचामा पुग्दै कृषि प्राविधिक

मुगुमा सिजनल ज्वरोले ३ जनाको मृत्यु भएको

किसानको स्याउ बगैँचामा पुग्दै कृषि प्राविधिक

YUGAAWHAN NATIONAL DAILY (2080-10-11)