तल्फी गाउँमा आगलागी : ४१ लाख बढी क्षेति


जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाका अनुसार पातारासी गाउँपालिका –२ तल्फि गाउँका कलसिंह सार्कीको दुईतले ८ कोठाको ढुंगामाटोले बनेको घर आगलागी भएर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार फागुन ११ गते राति साढे ११ बजेको समयमा सो घरमा आगालागी हुदा प्रारम्भिक जानकारी अनुसार ४१ लाख १५ हजार रुपैयाँ बराबरको क्षेति भएको छ ।

रातभरी गाउँले र स्थानीय प्रहरीले आगो अन्य स्थानमा नजान नियन्त्रण गरेका थिए । प्रहरीका अनुसार घटनाको कारणको विषयमा अनुसन्धान भईरहेको छ ।

घर आगलागी भएपछि गाउँका यूवाहरुले सुतिरहेका मानिसहरुको उद्दार गरेर बचाएका छन् । राति आगालागी भएको र घरभित्र सुतिरहेका दुई जना ज्येष्ठ आमावुवा, वालवालिकालाई गाउँका यूवाहरुले उद्दार गरेका छन् ।

अहिले आफु त्यस क्षेत्रमा रहेको र घर पूर्ण जलिसकेको र पुरानो घरमा पुराना धनलमाल, लत्ता, कपडा, अन्न, गरगहना क्षेति भएको छ। घर जलेपछि करिब २८ जनाको संयुक्त परिवार विस्थापित भएको छ ।

तल्फी गाउँमा आगलागी : ४१ लाख बढी क्षेति

स्थानीय युवा परिषद गठन गर्ने पहिलो स्थानीय

तल्फी गाउँमा आगलागी : ४१ लाख बढी क्षेति

विद्यालय अनुगमनलाई तिब्रता दिदै बनगाड नगरपालिका

This will close in 0 seconds