२०८२ फाल्गुन ५ गते
×

Now Playing

विपद्का घटना बढेपछि मुख्यमन्त्री कडेलले गरे प्रदेशका १० वटै जिल्लाका सुरक्षासंग छलफल


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग जुम बैठक गरेका छन् । वर्षातको कारण दैनिक विपद्का घटना बढन थालेपछि मुख्यमन्त्री कडेलले जिल्लाको बस्तुस्थिति जानकारी लिन र विपद् न्यूनिकरणमा प्रदेश सरकारको तर्फवाट गर्नुपर्ने कामहरुको बारेमा आवश्यक परामर्श लिन उक्त बैठकको आयोजना गरेका हुन् ।

बैठकलाई संवोधन गर्दे मुख्यमन्त्री कडेलले विपद् जोखिमको हिसाबले सबैभन्दा बढी जोखिमयुक्त प्रदेश भएकोले विपद् न्यूनिकरणमा अन्यत्र भन्दा कर्णाली प्रदेशमा धेरै मेहनत र लगानी गर्नुपर्ने बताए । भौगोलिक विकटता र श्रोत साधनको अभावका कारण पनि जिल्ला तहका सुरक्षा निकायहरुले उत्कृट कार्य गरिरहेको भन्दै उनले सबैलाई धन्यवाद समेत दिए ।

तीन तहका सरकारका आफ्नै सीमा र दायित्व भएपनि विपद्का घटनाका कारण त्यसले तल्लो तह प्रभावित हुने भएकोले विपद व्यवस्थापनमा स्थानीय तहलाई बढी परिचालन गर्नुपर्नेमा उनको जोड थियो ।

विकासका निम्तिएका कतिपय विनासका कारण पनि कर्णाली प्रदेशमा विपद् जोखिम बढदै गएकोमा मुख्यमन्त्री कडेलले चिन्ता व्यक्त गर्दे अव विकासको मोडेलको बारेमा पनि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवालाबीच छलफल चलाउनुपर्ने धारणा राखे । उनले भने, ‘जिल्लामा कस्तो खालको विकासको मोडेल आवश्यकता हो ? तपाईहरुले पनि आफनो मातहतका कार्यालयहरुबीच छलफल चलाउन मैले आवश्यकता ठानेको छु ।’

भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरै जसो लाभग्राहीले अझै पनि दोश्रो किस्ताको रकम पाउन नसकेको विषयप्रति चिन्ता व्यक्त गर्दे मुख्यमन्त्री कडेलले त्यसतर्फ आफनो ध्यान जाने बताए ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आएको सुझावहरुप्रति संकेत गर्दे मुख्यमन्त्री कडेलले प्रदेश सरकारले विपद् व्यवस्थापनका विषयमा आफनो तर्फवाट समन्वय गरिरहेको र सरकारको तर्फवाट दायित्व वहन गर्नुपर्ने विषयहरुमा आफना संरचनाहरुलाई तैयारी अवस्थामा रहन निर्देशन दिएको बताए ।

बैठकमा प्रदेशका चार वटै सुरक्षा निकायहरु नेपाली सेना उत्तर पश्चिम पृतनापति अनुपजंग थापा, नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख अर्जुनबहादुर चन्द शसस्त्र प्रहरी बल महेश्वरी वाहिनीका बाहिनीपछि शसस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र राष्टिय अनुसन्धान कार्यालयका कर्णाली प्रदेश प्रमुख माधव तिमिल्सेनाले मातहतका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका थिए ।

विपद्का घटना बढेपछि मुख्यमन्त्री कडेलले गरे प्रदेशका १० वटै जिल्लाका सुरक्षासंग छलफल

जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत

विपद्का घटना बढेपछि मुख्यमन्त्री कडेलले गरे प्रदेशका १० वटै जिल्लाका सुरक्षासंग छलफल

माओवादीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै