२०८२ फाल्गुन ५ गते
×

Now Playing

दशै्ँ मनाउन नेपालगञ्ज नाकाबाट दैनिक तीन हजार नेपाली घर फर्किँदै


दशैं नजिकिएसँगै भारतका विभिन्न सहरमा कामका लागि गएका नेपालीहरू फर्किन थालेका छन् । कामका लागि भारत गएकाहरू समूह–समूहमा नेपाल फर्किरहेका छन् ।

असोज लागे यता दैनिक करिब ३ हजार नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सोह्र श्राद्ध पनि सुरु भएकाले श्राद्ध गर्ने गरी फर्किनेहरू पनि बढिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बहादुर बुढाथोकीले जानकारी दिए ।

दाङको बबई गाउँपालिका वडा नम्बर ३ का हरिभक्त डाँगीले सोह्र श्राद्ध गर्ने गरी दशैं मनाउन घर फर्किरहेको बताए । गत वर्षको दशैं तिहार भारतको चण्डी गढमा मनाएका डाँगीले यस बर्ष आफ्नै थातथलोमा पर्व मनाउन स्वदेश फर्किएको बताए । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ का सागर थापा पनि दशैं तिहार मनाउन भारतको सिम्लाबाट घर फर्किए । ‘दशैं नजिकिएपछि घर फर्किन मन लागिहाल्यो,’ थापाले भने । परिवारसहित मजदुरीका लागि भारत गएकाहरू बालबच्चासहित फर्किरहेका भेटिन्छन् ।

दशैं तिहार मनाउन घर फर्किरहेका नेपालीको सुरक्षा र सहजताका लागि नाकामा उचित प्रबन्ध मिलाएको इलाका प्रहरी कार्यालय जमुनाहामा इन्चार्ज प्रहरी निरीक्षक बुढाथोकीले बताए । यो बेला नेपालीहरू लुटिने, ठगिने र अप्ठेरोमा पर्ने जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको उनको भनाई छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका नेपालीहरू मौसमी रोजगारीका लागि ठूलो सङ्ख्यामा भारत जाने गर्दछन् । दशैं तिहार र खेतीपातीका बेला उनीहरू स्वदेश फर्कने गर्दछन् ।

दशै्ँ मनाउन नेपालगञ्ज नाकाबाट दैनिक तीन हजार नेपाली घर फर्किँदै

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

दशै्ँ मनाउन नेपालगञ्ज नाकाबाट दैनिक तीन हजार नेपाली घर फर्किँदै

पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै