२०८२ फाल्गुन ५ गते
×

Now Playing

प्रदेश अस्पताल सुध्रिएकै हो त ?

कर्णाली प्रदेशको स्वास्थ्यको क्षेत्रमा आशा र भरोसाको एउटा नाम हो कर्णाली प्रदेश अस्पताल । यसले कर्णालीमा रहेका स्वास्थ्य संस्थाको दरिलो पिल्लरको काम गरेको छ भन्ने बुझाई छ आम मानसपटलमा ।

साविक मध्यपश्चिमको क्षेत्रिय अस्पतालको रुपमा रहेको थियो । प्रदेश संरचनामा गए पश्चात यो अस्पताललाई पनि कर्णाली प्रदेश अस्पतालको नाममा नामाकरण गरी अर्बौ लगानी गरेर प्रदेशका जनतालाई स्थानीयस्तरमै उच्च स्तरको स्वास्थ्य सुविधा दिनको लागि यसको आर्थिक, भौतिक लगायतका क्षेत्रमा थुप्रै लगानी सरकारले गरेको छ ।

यसरी नाम र भौतिक रुपमा सुबिधा सम्पन्न हुनुलाई हामीले गुणस्तरिय स्वास्थ्य सुविधा पाएको भन्न सक्ने अवस्था भने रहेन । किनकि यहाँ समाचारमा आउने जुन प्रदेश अस्पतालको पर्दा पछाडीको यथार्थ सबैलाई थाहा नहुन पनि सक्छ । जो सफलताको ढोल बजाएर देखाउने मात्र हो भन्ने प्रमाण केही पेश गरेर यसका बारेमा छलफल गरौं होला ।

उदाहरण नं.१, एक जना बिरामी घुडाको हड्डी खिईएर अस्पतालमा उपचारको लागि जान्छन । चेकजाँच गर्दा हड्डी खिईएको छ अप्रेसन गर्नुपर्छ ३÷४ महिनाजति लाग्छ पालो आउन । बिचबिचमा सम्पर्कमा आईराख्नुहोला भन्दै उनलाई पठाईन्छ । अप्ठ्यारो हुँदै गर्दा बीचमा धेरै पटक अस्पतालको सम्पर्कमा जान्छन उनी ।

पैसा जम्मा गर्नुस बाहिरबाट सामान मगाउनुपर्छ अनि तपाईको अप्रेसन हुन्छ । दक्ष चिकित्सक, सामाग्री र आवश्यक मेसिन औजार भने त्यही अप्रेसन गर्ने टोलीले उतैबाट लिएर आउने रहेछ, थप्दै भने ‘हेर्नुस् यस्तो केशको अप्रेसन एक पटक मात्र गरेका छौं हामीले यसमा जोखिम धेरै छ । अप्रेशन सफल हुन पनि सक्छ नहुन पनि सक्छ ।

त्यसको जिम्मेवारी भने अस्पतालले लिन सक्दैन ।’ अनि उनले भने कि ‘सबै बाहिरैबाट आउने भए काठमाण्डौमा आफन्त छन् उतै गराउँछु अप्रेसन रिफर लेखिदिनु न त । रिफर चिठी बनाएर काठमाडौं गएका उनी यहाँ भनेको भन्दा कम रकम खर्चमा अप्रेसन गरेर निको भएर आइसकेका छन् ।
गत पाँच आर्थिक वर्षमा मात्रै कर्णाली प्रदेश अस्पतालमा २०२ जना शिशुको मृत्यु भएको एक प्रतिवेदनमा उल्लेख छ । विगतका बर्षमा भन्दा गत आर्थिक वर्षमा झन नवजात शिशुको मृत्युदर बढि छ । त्यसैगरी दोश्रो सन्तान अप्रेशनमार्फत जन्माउनु पर्ने अवस्था आएपछि अस्पताल नजिकैकी एकजना महिलाको अप्रेसनमार्फत छोरा जन्माएर होस खुलिसकेपछि औषधी दिएकी एक महिलाको मृत्यु भएको ८ दिनपछि अस्पतालले मृत घोषण गरेको थियो । यी त केही प्रतिनिधिमुलक घटनामात्र हुन यो भित्रका भयङ्कर तथ्य था पाउने जो कोहीको पनि मुटु हल्लिन्छ । अस्पताललाई भगवानको बासस्थान मानेर आउँछन, आशा बोकेर बिरामीहरु ।

तर जब ति आशामाथी तुसारापात हुन्छ । भन्न सकिन्न के बित्छ होला आफन्तमा । के भौतिक सम्पन्नता मात्र राम्रो मापन गर्ने कडी हो त ? त्यो त पक्कै पनि होईन होला क्यारे ?
सुध्रिनु पर्दैन कर्मचारी प्रसाशन ? उनीहरुका व्यवहार कति तुच्छ छन् । सबैका नहोलान तर अधिकांश बिरामीको रोग छिटो निको नहुनुमा उनीहरुको रेखदेखमा खटिने स्वास्थ्यकर्मीको ठूलो भूमिका छ ।

सबै जान्दैनन् बुझ्दैनन र त औषधी खुवाउन रेखदेख गर्न अस्पतालमा आफन्त कुरेर बसेका हुन्छन । औषधी खुवाउने समय भयो खुवाईदिनु न भन्दा अनि केहि सोध्दा दिने जवाफले कस्तो महसुस गराउँछ बिरामी र उनका आफन्तलाई के बित्छ होला ? अनि व्यवहार त छंँदैछ प्रगति विवरणमा उपलब्धि थप्नलाई गरिने प्रतिनिधिमुलक घटनामा पेस भएका क्रियाकलाप गर्ने भनेको प्रयोगशालाकै रुपमा विकास गरेको होईन त ? बिकास भनेको त दिर्घकालिन हुनुपर्ने होईन र ? न कि बाहिरबाट आउनेको समय मिलाएर बिरामीको उपचार गर्नुपर्ने ।

त्यत्रो खर्च गर्नु सट्टा यहाँका स्वास्थ्यकर्मीलाइ सिक्न बाहिर पठाउँदा सस्तो र दिगो हुन्थ्यो होला कि ? कहिले बुझ्लान कर्णाली प्रदेश अस्पताल हाँक्नेहरुले ? कि बुझेर पनि नबुझे झैं गरेका होलान कुन्नी ?

प्रदेश अस्पताल सुध्रिएकै हो त ?

लोकसेवा आयोग मै छैनन् दरवन्दी अनुसारका कर्मचारी

प्रदेश अस्पताल सुध्रिएकै हो त ?

चन्दननाथले बढायो सहरी सरसफाइ योजना कार्यान्वन प्रक्रिया