सल्लिवजार लिफ्ट खानेपानीको विद्युत महशुल नतिर्दा लाईन काटियो

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ सल्लिवजारमा रहेको गौरवको आयोजनाका रुपमा रहेको लिफ्ट खानेपानी यतिखेर लथालिङ्ग अवस्थामा छ ।

दुई महिना सञ्चालन भएको लिफ्ट खानेपानीको महशुल नतिरेपछि लाइन काटिएको विद्युत प्राधिकरण सल्लिले जनाएको छ । करिव ७० हजार रकम महशुल नतिरे पछि लाइन काटिएको छ ।आव ।२०७७÷७८ मा शिलान्यास भएको उक्त योजनामा विवादास्पद वने पछि समयमै वजारवासिलाइ खानेपानी पु¥याउन नसकेको जनाएको छ ।

खानेपानी सरसफाइ तथा उर्जा विकास कार्यालय सल्यानको उपस्थितिमा केही दिन अघि भेलाले पुरानै सिमितलाई काम गर्ने गरि जिम्मेवारी थपेको छ । उपभोक्त समितिका अध्यक्ष दिपवहादुर खड्काले अब काम अघि वढाउने भनेता पनि काम अघि वढ्न सकेको छैन । आयोजनाको परिक्षण कार्य सफल भएको दावि गरे पनि वजार वासिले भरपुर तवरले पानी खानि उपभोग गर्न सकिरहेका छैनन् । परिक्षणका क्रममै वजार वासिको पुस्त्यानि खानेपानी समस्या हल हुने भनिएता पनि फगत कुरा भएको स्थानीयको भनाइ रहेको छ ।

६ सय २४ घरधुरीलाई एक घर एक धाराको लक्ष्य अनुरुप पानी सुविधा पु¥याउने भनिएको थियोे । १ लाख घनलिटर र ७५ हजार घनलिटरका दुई ट्याकी,१२ सय मिटर पाइपलाइन,२८ फिट गहिराइ इनारको काम सम्पन्नता भैसकेको छ ।
परिक्षणको समयमै १ सय ९० मिटर उचाइमा उचाइमा ४ मिनेटमा १ हजार लिटर पानी जम्मा हुने गरेको छ ।हालसम्म २ करोड ५ लाख खर्च भैसकेको छ भने योजना सम्पन्न हुदा सम्म ३ करोड वजेट खर्च हुने जनाए छ ।

अब योजना सम्पन्न हुन मात्र ५ महिना मात्रै बाँकी छ । सल्लिवजार मात्रै नभएर देवस्थल,वस्नेउरा आसपासका क्षेत्रमा समेत खानेपानी पु¥याउने लक्ष्य लिएको थियोे ।खानेपानी उपभोक्त समितिले काममा तदारुकता नदेखाउँदा लिफ्ट खानेपानीको काम अलपत्र परेको छ । यतिखेर वजारमा खानेपानी समस्या जिउकातिउ नै छ ।

सल्लिवजार लिफ्ट खानेपानीको विद्युत महशुल नतिर्दा लाईन काटियो

खाद्य कम्पनीले कर्णालीको १९ हजार टन रैथाने