अस्ट्रेलियन भेडामा आकर्षित हुदै जुम्ली किसान


जुम्लाका किसानले व्यवसायीक रुपमा अस्ट्रेलियन जातका भेडा पालन गर्न आकर्षित हुन थालेका छन् । उन्नत मेरीनो उल जातको अस्ट्रेलियन जातका भेडा पालन गरिएको हो । जुम्लाको सिंजा गाउँपालिका –६ जोडु गाउँका किसान जगत बहादुर बुढाले पालन गरेका हुन् । उनले आठ महिना देखि अर्थात गत (चैत महिना) देखि व्यवसायीक रुपमा अस्ट्रेलियन जातका भेडा पालन गरिएको बताए ।

चिसोमा पालन गर्न सुहाउँदो ऊन (रौँ) बढी गुणस्तर हुने मासु स्वादिलो हुने भन्दै उक्त जातको भेडा पालन गरिएको हो । बुढाका अनुसार पहिलोपटक ११ वटाबाट शुरु गरिएको छ । अस्ट्रेलियन नागरिकको सहयोमा शतप्रतिशत मेरिनो उन्नत जातको भेडा पालन गरिएको उनले बताए । झन्डै ८ लाख ५० हजार रुपैयाँको लगानी छ । अहिले किसान जगत बुढाले भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर जुम्लामा लामो समयदेखि पालिरहेका अस्ट्रेलियन जातका ७ वटा बोका पनि क्रसका लागि खरिद गरि लिइरहेको छुँ । उनले भने ।

उनको भेडाको खोरमा मुल १८ वटा अस्ट्रेलियन भेडा छन् । अहिलेसम्म कुनै रोग समस्या छैन राम्रै छन् । स्थानीय जातको भेडापालिरहेका उनलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । त्यो धोको उनको पुरा भएको छ । उनी भन्छन्,‘भेडापालनलाई पनि उन्नत बनाउदै लैजानु अहिले आवश्यकता हो । व्यवसायीक रुपमा गरिने उन्नतजातको भेडापालनले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’ उन्नतजातका भेडा उत्पादन हुनेछन् । यो भेडा पालनले किसानलाई फाइदा हुने किसान बताउँछन् ।

यो एक भेडा ६० केजी देखि एक क्वीन्टलसम्मको हुन्छ । मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ । ऊन पनि स्थानीय जातको भेडाभन्दा दोब्बर नै हुन्छ । ऊनबाट विभिन्न सामाग्री बनाउन सकिने अवस्था रहन्छ । जुम्ला भेडापालनमा प्रचुर संभावना बोकेको क्षेत्र हो । तर परम्परागत भेडापालनले खासै उपलब्धी भएन । किसान जगत भन्छन्,‘उन्नतजातको भेडापालनले किसानको जीवनशैली परिवर्तन गर्न सक्छ । पछिल्लो समयमा उन्नत जातको भेडापालन प्रति किसान आकर्षित भइरहेका छन् ।’ दसैँ–तिहारमा उन्नतजातको भेडाको माग पनि तीव्र हुन्छ । जिल्लाको एक नगरपालिकासहित ७ वटा गाउँपालिकाका ६० वटै वडामा भेडापालन भइरहेको छ ।

अस्ट्रेलियन भेडामा आकर्षित हुदै जुम्ली किसान

पेडारी खोलामा पक्की पुल निर्माण