२०८२ फाल्गुन ५ गते
×

Now Playing

मुगुमा कारागारको भवन नहुदा: कैदीलाई अन्यत्र जिल्ला पठाउनु गर्नुपर्ने बाध्यता

हिमाली जिल्ला मुगुमा कारागारको आफ्नै भवन नहुदा समस्या भएको छ। कारागार नभएका कारण विगत ११ वर्षमा १ सय ४२ जना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । कारागार नभएका कारण कैदीलाई जुम्ला, सुर्खेत, बाँके, बर्दिया र दाङ लगायत जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले बताए।

उनले भने ‘मुगुमा अहिलेसम्म पनि कारागार छैन । जिल्ला कारागारको भवन निर्माण भएपनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । भवन नहुँदा जिल्लामा कैदीबन्दीलाई राख्न अन्यत्र जिल्लामा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।’थुनुवालाई राख्न पनि अन्य जिल्ला चलानी गर्नुपर्ने बाध्यता छ ।अदालतमा हाजिर गराउन लैजान र ल्याउनमै लाखौँ रुपैयाँ खर्च भइरहेको छ,’ उनले भने, ‘अर्कोतिर सुरक्षाका हिसावले थप कडा चुनौती छ ।’

थुनुवा र कैदीहरुलाई अर्को जिल्ला चलान गर्दा गाडी रिजर्व गरेर लैजाने र ल्याउने गरिएको छ । यसअघि सडक सुविधा नहुँदासम्म तीन दिनसम्म पैदल हिँडेर जुम्ला कारागार पु¥याउनुपर्ने बाध्यता थियो । अहिले सडकमार्गबाट डेढ दिनसम्म लगाएर कैदीबन्दीलाई कारागार चलान गर्नुपर्ने अवस्था रहेको डिएसपी थापा बताउँछन्।

‘प्रहरीले कैदीबन्दीलाई गाडीमा राखेर जुम्ला पु¥याउनुपर्ने अवस्था छ, पहिले तीन दिन लाग्थ्यो, अहिले डेढ दिन लाग्छ,’ थापाले भने।जिल्लामा कारागार नहुँदा अभियुक्त र आरोपितका आफन्तले परिवारलाई भेटघाट गर्न पाउँदैनन । भेट्नका लागि मोटो रकम खर्च गर्नुपर्ने हुन्छ । प्रहरीका अनुसार एक जना कैदीबन्दीलाई जेल पु¥याउनका लागि कम्तिमा ९ जनासम्म सुरक्षाकर्मी खटिनुपर्छ ।

त्यतिका सुरक्षाकर्मीसहित आवतजावत् गर्दा ९० हजारदेखि १ लाख रुपैयाँ खर्च आउँछ ।कारागारको आफ्नै भवन नहुँदा कैदीबन्दी राख्न असहज भएको जिल्ला कारागार प्रमुख हस्त भामले गुनासो गरे। ‘कारागार नभएको एक मात्र जिल्ला मुगु हो,’ उनले भने, ‘कारागारको समस्याले थुनुवा ब्यक्ति जिल्ला बाहिर रहने र उनीहरुको बहस मुगु अदालतमा हुने हुन्छ । कैदीबन्दीले अदालतमा आफ्नै बहस सुन्नबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ ।’

जिल्ला कारागारले सार्वजनिक गरेको तथ्यांक अनुसार अनुसार पछिल्लो ११ बर्षमा १ सय४२ कैदी जिल्ला बाहिर चलान भएका छन् ।२०७० मा १० जना, ०७१ मा ९ जना, ०७२ मा ११ जना, ०७३ मा १० जना र ०७४ मा ४ जना कैदीबन्दीलाई थुनामा राख्न जिल्ला बाहिर पठाइएको थियो ।
त्यसैगरी ०७५ मा १९ जना, ०७६ मा २१ जना, ०७७ मा १२ जना, ०७८ मा १७ जना र ०७९ मा १९ जना र ०८० को गत साउन १ देखि माघ समान्तसम्म १७ जना कैदीबन्दीलाई जिल्ला बाहिरका कारागारमा चलान गरिएको छ ।

हरेक वर्ष १२ देखि २० जना कैदीबन्दी जिल्ला बाहिर जुम्ला, बाँके, बर्दिया र दाङ लगायत जिल्ला कारागारमा पठाइएको छ । जिल्ला कारागार भवन नै बनाउन नखोजिएको भने होइन ।

जिल्लामा ९ वर्षअघि नै भवन निर्माण सुरु भएको थियो । तर अहिलेसम्म पनि भवन बनिसकेको छैन । गमगढी थापालचौरमा ९ वर्ष अघि निर्माण कार्य सुरु गरिएको कैदी भवन अहिले सम्म जिल्ला कारागारलाई हस्तान्त्रण हुन सकेको छैन ।भवन डिभिजन कार्यालयले ०७१ सालमा ३ करोड ५० लाख ठेक्का खोलेर कारागार भवन निर्माण गरेपनि अहिले सो भवन प्रयोगबिहीन छ ।

मुगुमा कारागारको भवन नहुदा: कैदीलाई अन्यत्र जिल्ला पठाउनु गर्नुपर्ने बाध्यता

सम्पादकीय: विमानस्थल विस्तार कहिले हुन्छ ?

मुगुमा कारागारको भवन नहुदा: कैदीलाई अन्यत्र जिल्ला पठाउनु गर्नुपर्ने बाध्यता

प्रजातान्त्र दिवसको दिन सिंजाको जोडुगाउँमा कोईरा पर्व