२०८२ फाल्गुन ५ गते
×

Now Playing

नेप्से परिसूचक चार अंकले घटेर दुई हजार पाँच सय ७६ विन्दुमा झ¥यो


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार चार अंकले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ विन्दुमा झरेको छ ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार एक करोड ३९ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । बुधबार बैंकिङ र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ ।

बुधबार जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन कालिका लघुवित्त र स्वरोजगार लघुवित्त कम्पनीको शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

नेप्से परिसूचक चार अंकले घटेर दुई हजार पाँच सय ७६ विन्दुमा झ¥यो

कालीकोटको नरहरिनाथमा डेंगु र स्क्रब टाइफसबाट २१

नेप्से परिसूचक चार अंकले घटेर दुई हजार पाँच सय ७६ विन्दुमा झ¥यो

यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने