२०८२ फाल्गुन ५ गते
×

Now Playing

पत्रकार सुरेश राससको उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत


पत्रकार सुरेश आचार्य उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत भएका छन् । मुलुकको एकमात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले उनलाई उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत गरेको हो ।

राससको ६३ औँ वार्षिकोत्सवका अबसरमा वीरेन्द्रनगरमा आज आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेका हुन् ।

आचार्य मुलुकभरबाट फोटोग्राफर विधातर्फ सर्वोत्कृष्ट भएका हुन् । उक्त पुरस्कारको राशी रु २० हजार रहेको छ । उत्कृष्ट फोटोग्राफरबाट पुरस्कृत भएका आचार्यले कर्णालीका विभिन्न स्थान, घटना र परिवेशका तस्बिरहरु संकलन गर्दै विगत १५ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
उनका तस्बिर तथा श्रव्यदृश्य समाग्रीहरुले विशेषगरि कर्णालीको प्राकृतिक सौन्दर्यता र संस्कृतीलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

पत्रकार सुरेश राससको उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत

कर्णाली सरकारले प्रजातन्त्र दिवसमा विविध कार्यक्रम गर्दै

पत्रकार सुरेश राससको उत्कृष्ट फोटोग्राफरको रुपमा पुरस्कृत

१६ हजार भन्दा बढी मूल्यका सामान नष्ट