२०८२ फाल्गुन ५ गते
×

Now Playing

प्रजातान्त्र दिवसको पूर्वसन्ध्याहमा एकसय ५० स्याउ विरुवा रोपियो


प्रजातान्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षारोपण गरिएको छ । विसं २००७ फागुन ७ गतेका दिन एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक बर्ष मनाइदै आएको छ । जुम्लामा पनि यसपटक राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाईन थालेको छ ।

दिवसको पूर्वसन्ध्याहमा जुम्लाको तातोपानी गाउँपालिका – ४ स्थित शशस्त्र प्रहरी वल नेपाल नं ३३ नम्बर गणमा नयाँ स्थापित कार्यालय प्रांगणमा एकसय पचाँस स्याउका विरुवा रोपिएको हो ।

वृक्षा रोपण कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवति रावल, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे सहित सरोकारवाला निकाय र स्थानीयको सहभागितामा वृक्ष रोपण गरिएको छ।

वृक्षारोपणमा चन्दननाथ नगरपालिकाका मेयर राजु सिहं कठायतले स्याउको बिरुवा रोपेर उद्वघाटन गरेका थिए । तातोपानी गाउँपालिका लाम्रास्थित सशस्त्र प्रहरी बल नं. ३३ गण हे.क्वा.त्रिपुरा जुम्लाको परिसरमा वृक्षारोपण गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले डिभिजन वन कार्यालय, वागवानी अनुसन्धान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई कार्यालय, कृषि विकास कार्यालय, तातोपानी गाउँपालिकाको सहयोगमा विरुवा रोपिएको हो ।

शशस्त्र प्रहरी बल जुम्लाका एसपी चेतराज जोसीले यस पटक १ सय ५० स्याउका बिरुवा रोपिएको बताए । उनका अनुसार यस अघि एक हजार ६ सय २५ विरुवा रोपिएका थिए। कुल १हजार ७ सय ७५ वटा बिरुवा रोपिएको हो । स्याउ, दातेँ ओखर, धुपी, देवदार र सलाका विरुवा रोपिएको छ ।

तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलका अनुसार नेपालको संविधानकोे धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने मौलिक हकको व्यवस्था गरेकोले वृक्षारोपण महत्वपूर्ण छ ।

उनले भनिन,हामी सबै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत प्राकृतिक साधन स्रोतको संरक्षण, संवद्र्धन र आबश्यक रहेको छ । उनका अनुसार वातावरण संरक्षणको जिम्मेवारी सघीय सरकार, प्रादेशिक सरकार र स्थानीय तहको रहेको छ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा जुम्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा चन्दननाथ नगरपालिकाका नगर प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधीहरु, जिल्लास्थित सुरक्षा निकाय, कार्यालय तथा संघसंस्थाका प्रमुखहरु सदस्य रहने गरी राष्ट्रिय प्रजातन्त्र दिवस, जिल्ला समारोह समिति गठन गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मनाउन फागुन ६, ७ र ८ गते तीन दिन सम्म जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयहरुको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरु तथा घर–घरमा समेत दिप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

प्रजातान्त्र दिवसको पूर्वसन्ध्याहमा एकसय ५० स्याउ विरुवा रोपियो

शिक्षकहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

प्रजातान्त्र दिवसको पूर्वसन्ध्याहमा एकसय ५० स्याउ विरुवा रोपियो

४१ परिवारलाई खाद्यान्न र लत्ताकपडा