२०८२ फाल्गुन ५ गते
×

Now Playing

शिक्षकहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

कालिकोटको सदमुकाम मान्ममा विषयगत शिक्षकहरु विच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा रहेका १६ विद्यालयका ३२ जना शिक्षहरु विच शिक्षण सिकाई ,अनुभव आदान प्रदान तथा सिप साँटासाट कार्यक्रम भएको हो ।

१६ विद्यालयका ३२ जना अंगे्रजी र नेपाली विषय शिक्षण गर्ने शिक्षहरुको उपस्थितमा शिक्षण सिकाई ,अनुभव तथा सिप साँटासाट कार्यक्रम गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग ,मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा संचालित सशक्त बालिका परियोजना अन्र्तगत शिक्षकहरु विच छलफल तथा अनुभव आदान प्रदान गरिएको छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाको अध्यक्षता,शिक्षा विकास तथा समन्वय ईकाइ कालिकोटका प्रमुख प्रकाशचन्द्र धितालको प्रमुख आथित्यता, हुरेन्डेक नेपाल कालिकोटका प्रबन्धक दिलिप कुमार शाहीको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।

सशक्त बालिका परियोजनाका संयोजक डम्बर बोहराले नेपाली र अंग्रेजी विषयको सिकाई उपलब्धीमा सुधार गर्दै गुणस्तरिय शिक्षा सुनिश्चितता गर्ने कार्यक्रमको उद्येश्य रहेको बताएका छन् । उनका अनुसार जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा रहेका परियोजना बाट सहयोग गरिएका विद्यालयलाई यस कार्यक्रमले गर्दा विद्याालय छोड्ने दर र विद्यालयमा विद्यार्थीको निरन्तरता केही हद सम्म सुधार हुने लक्ष्य रहेको बताए ।

कार्यक्रममा पन्चदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद कोइरालाले कार्यक्रममा सहजिकरण गरेका थिए । कार्यक्रममा उपस्थित शिक्षकहरुले आ–आफ्नो बिद्यालयमा बिद्यार्थीको सिकाई बृद्वि गर्न नयाँ अभ्यास थालेको बताएका छन् । हप्तामा एक,दुई दिन सृजनात्मक कार्यक्रम ,खेलकुद कार्यक्रम जस्ता अन्य क्रियाकलाप गरी बिद्यार्थीको सिकाई उपलब्धी गरिरहेको सहभागी शिक्षकहरुको भनाई छ ।

२० जना शिक्षकलाई लैङ्गिक रूपान्तरण शिक्षा सम्वन्धि तालिम


लैङ्गिक रूपान्तरण शिक्षा सम्बन्धी रास्कोटका २० जना शिक्षकहरुका लागि महत्वपुर्ण तालिम दिइएको छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको सहजिकरण, प्लान इन्टरनेश्नल नेपालको सहयोग र सशक्त बालिका परियोजना अन्तर्गत कालीकोटको रास्कोट नगरपालिकाका शिक्षकहरूलाई विद्यालयमा लैङ्गिक रुपान्तरण, कक्षा कोठा व्यवस्थापन, सिकाईलगायतका कुरामा ध्यान दिन तालिमको आयोजना गरिएको हो ।

पाठ्यक्रम विकास केन्द्रले तयार गरी प्रारम्भीक बाल विकासदेखि कक्षा ३ सम्मका बालबालिकालाई लागू गरेको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिकालगायतका सामग्रीहरूको प्रयोगमा थप सहजता प्रदान गर्न तथा सरल तरिकाले अध्ययन गरेको कुरा बुझ्न र पढ्न सकून् भन्ने उद्देश्यका साथ शिक्षकहरुलाई तालिम दिइएको हो ।

विद्यालय तहका प्रारम्भिक कक्षाहरूमा अध्ययन गर्ने बालबालिकाको अपेक्षित सिकाई उपलब्धि हासिल गराउन नेपाल सरकारले राष्ट्रिय प्रारम्भिक कक्षागत पढाइ प्रवर्द्धन सीप नीति ल्याएको छ । विभिन्न अध्ययनहरुले प्रारम्भिक कक्षाहरूमा सिकाइ उपलब्धी कमजोर देखिएकाले सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरूलाई थप सहयोग गरी पठनसिप प्रवर्द्धन गर्न जरुरी देखिएकोले तालिम सञ्चालन गरिएको मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेकका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले बताए ।

तालिमको अबसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द धितालले घरपरिवार र विद्यालयमा बालिका शिक्षामा जोड दिनुपर्ने बताएका छन् । उनले बालिकाहरुको शिक्षा र अन्य काममा छोराछोरि बराबरी नभएका कारण बालिकाहरु माथिल्लो कक्षामा प्रतिष्पर्धा गर्न नसक्नु मुख्य कारण रहेको बताए ।

सशक्त बालिका परियोजनाका संयोजक डम्बर बोहराले तालिममा विद्यालयको खानेपानी तथा सरफाईको अबस्था , सिकाई व्यवस्थापन, अभिभावकको भूमिका तथा पठन पाठन ,कक्षा कोठा व्यवस्थापन लगायतका कुराहरुमा लैङ्गिकताको दृष्टिकोणबाट सम्बोधन गरिने ब्यवहारिक सीप सम्बन्धि प्रशिक्षण गराईएको बताए ।

तालिममा रास्कोट नगरपालिकाका जम्मा २० जना शिक्षकको उपस्थित रहेको थियो ।
बिद्यालय शिक्षामा लैङ्गिकता सम्बन्धि स–साना कुराहरुले पनि ठुलो महत्त्व राख्ने कुरा तालिमबाट सिकेको र बिद्यालय स्तरबाटै लैङ्गिक समता कायम गरी बिद्यार्थीको व्यवहार परिवर्तन गर्न सकिने सहभागी शिक्षहरुको भनाई छ ।

 

शिक्षकहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

दुई महिनाको अवधीमा ५७ प्रतिशतभन्दा बढी ढुवानी

शिक्षकहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

प्रजातान्त्र दिवसको पूर्वसन्ध्याहमा एकसय ५० स्याउ विरुवा