२०८२ फाल्गुन ५ गते
×

Now Playing

बालविवाह न्युनिकरणका लागि गाउँमा हस्ताक्षर संकलन


जिल्लाको रास्कोट नगरपालिका वडा नं. ४ र ५ मा बालविवाह न्युनिकरण गर्न हस्ताक्षर कार्यक्रम संकलन गरिएको छ । समाजमा कुपर्थाको रुपमा रहेको बालविवाह न्युनिकरण गर्नका लागि सरोकारवाला ,मानव अधिकारकर्मी तथा स्थानीय वासी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधीहरुले बाल विवाह न्युनिकरण गर्नका लागि हस्ताक्षर गरेका छन ।

रास्कोट नगरपालिका किशोरी क्लवद्धारा आयोजना गरिएको हस्ताक्षर संकलन कार्यक्रममा रास्कोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेस संन्ज्यालको अध्यक्षता रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग ,मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेकको सहजिकरणमा संचालित शसक्त बालिका परियोजना र पिसिई एफ,एम (नोराड) परियोजना अन्र्तगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको शसक्त बालिका परियोजनाका फिल्ड सुपरभाईंजर गिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

बालविवाह न्युनिकरणका लागि गाउँमा हस्ताक्षर संकलन

जोखिमयुक्त पुलबाट त्रासपुर्ण यात्रा

बालविवाह न्युनिकरणका लागि गाउँमा हस्ताक्षर संकलन

YUGAAWHAN NATIONAL DAILY (2080-11-06)