सम्पादकीय : सरकारले अपराधिलाई ज्वाईं समान किन पाल्ने ?

सल्यानमा एक दिनको फरकमा दुई वटा जघन्य अपराधका घटना भएका छन् । पहिला श्रीमतिको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् । एउटा घटनामा आफ्नै १३ दिनकी सुत्केरी श्रीमतिको हत्या भएको छ । आफु जिवित भए भलै जन्मकैद सजाय पाउँदो हो । नेपालको कानून अनुसार अहिले विभिन्न अपराधका दोषि करार भएकाहरुलाई सरकारले ज्वाई सरहको सेवा, सुविधाका साथ सुरक्षा व्यवस्थासहित पालिरहेको छ ।

ज्यानमारा, कलात्कार लगायतका जघन्य अपराधकर्मका दोषि ठहर भएका अपराधिहरुलाई सरकारले पालिरहेको छ । यो आवश्यकता कि बाध्यता ? कि आफै सरहका त हुन भनेर दयाभाव जसले यो निति निर्माण गरे नत्र किन सुरक्षा व्यवस्था सहितको हुल्ने खोर बनाउनुपर्ने होला ?

अझ रात र दिन गरेर १ दिनलाई २ दिन गनेर जन्मकैद भनेको २० वर्ष हुन आउँछ रातदिन गर्दा त्यो समय १० वर्ष हो । एउटा अपराधी जसलाई त्यो कारागार नामको ज्वाई दर्जा दिएर राख्ने निति बनाउनेहरु आफ्नो पनि कहिले पालो आउँछ भनेर कुर्दै बस्ने नै त होलान ? नत्र किन अपराधीहरुलाई पनि ज्वाईं पालाई पाल्नुपर्ने आवश्यकता हुन्छ र ? जव यसरी सुख सुविधासहित अपराधी ठहर भैसकेका व्यक्तिहरुलाई राखिन्छ तब उनीहरु सुध्रिने भन्दा पनि पिजडामा थुनेको चरि हुन्छन । जसले कतिबेला फुत्किन पाईएला र आफ्नो हैसियतमा जाउला भनेर गमिरहेको हुन्छ । यसै दोषि उसै दोषि यत्रो वर्ष पिजडाको बास भएपछी झन मान्छे उग्र हुन्छ । कोही सुध्रिएर आएर गजव भएको रेकर्ड छ र अहिलेसम्म ?

सुध्रिएका पनि होलान जो वास्तवमै असल थिए समयले उनीहरुलाई दोषि ठहर गरेको हुँदो हो र पनि ईमान नगुमाउनेहरु न ति कहिले खराव थिए न त सजायपछि नै खराब बन्न सके । केही प्रतिशत सुध्रिएका पनि होलान जो कसुरदार भएकोमा आफैमा लज्जित थिए र सच्चिनुपर्ने आत्मबोध गरे । तर धेरैजसो व्यक्तिहरु सजाय काटे तर आफ्नो र अरुको समेत जिन्दगी बर्बाद पारे । आम माफि पाएर आएकासम्म पुरानै कर्ममा फर्किए, जसलाई सरकारले नै गजव छ भनेर पुरस्कार स्वरुप कैद मिनाह गरेको थियो त्यसलाई कसरी बुझ्ने होला ? अपराधीहरुलाई सुधार्ने कि सजाय दिने ? सजाय भनेको एउटा बन्द घरभित्र मेजमानजिसंग राखेर खुवाई पियाई गरेर सुरक्षा व्यवस्था समेत मजबुत बनाएर राख्नु नै अन्तिम बिकल्प हो त ?

यो भन्दा उपयुक्त अरु कुनै उपाए नभएकै हुन त ? केही सक्षम र शिक्षित युवा जति पढाई र रोजगारीका नाममा विदेश पलाएन भैसके भने कोही अपराधिका रुपमा उर्जाशिल समय जेलमा मस्त खाएर सुतेर बिताएका छन् । बाहिर भएका उर्जाशिल उमेरका युवाहरु कुलतमा फसेका छन् । कोही आपराधिक कृयाकलापबाट जीवन सानदार बनाएका छन् । यहाँका उद्योग कलकारखाना दक्ष, जनशक्तिको अभावमा दिनानुदिन बन्द भैरहेका छन् । अलिअलि भएका उद्योगमा समेत विदेशी कामदारलाई महङ्गो ज्याला तिरेर काम चलाउनु परेको छ । अब भन के दोषि ठहर भएकाको अन्तिम विकल्प नै कारागारमा बन्दी बनाउनु नै हो त ?

गतिलो नेतृत्व भए देशका गौरवका ठूला आयोजना या भनौ ठेक्का दिने कामहरु सरकारले आफ्ना दक्ष जनशक्ति भएका कार्यालयको मातहतमा राखेर सरकारले आफै ति कामहरु गुणस्तरिय र समयमै सम्पन्न गर्न सक्थ्यो । एउटा उपाए भनेको यि जति पनि कारागारमा पालेको छ सरकारले ज्वाई पाले झैं ति कारागारमा कैदी बनाएर राखेकाहरुलाई यि विकास निर्माणका काममा लगाउन सकेको भए अपराध गर्ने मानसिकता नै कम आउथ्यो कि ? दोषी करार पछिको शारिरीक श्रम सम्झेरसम्म कसैलाई पनि गलत काम गर्ने आँट गर्नुभन्दा अगाडी धेरै पटक सोचोस् उसले ।

तर तलाई काट्छु र गएर मामाघर बस्छु खान दिन्छ बस्न दिन्छ के टेन्सन छ र भन्ने आँट त हुन्थेन कसैको । यहाँ त नीति, नियम बनाउनेहरु नै आफ्नो पालो कहिले आउँछ आफुलाई दुख हुनेगरी त कहाँ नियम बनाउँछन त यिनले । यदि यो नियम बनाउने आँट भएको नेतृत्व भएमा देशमा विकासको यो हाल पनि हुन्न र अपराधकर्म पनि मौलाउने छैन ।

सम्पादकीय : सरकारले अपराधिलाई ज्वाईं समान किन पाल्ने ?

YUGAAWHAN NATIONAL DAILY (2081-02-03)

This will close in 0 seconds