गमगढी स्थित न्यूरोडको सडक बिस्तार भए पछि आवत जावतमा सहज


मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं २ गमगढी स्थित न्यूरोडको सडक बर्षौ देखि हिलोमा मानिस तथा सवारीका साधनहरू सास्ती खेप्नु पर्ने समस्या समाधान भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा हिलाम्य सडकको छेउमा क्यानल र हिलाम्य सडक आरसीसी को प्रक्रिया अघि बढे पछि बर्षौ देखि हिलोमा हिँड्नु पर्ने समस्या समाधान भएको हो । छायाँनाथरारा नगरपालिका वडा नं २ न्युरोडको सडक बर्सेनि गाडी, घोडा , खच्चड र मानिस हरू हिड्डुल गर्दा हिलाम्य सडक बाट सास्ती खेप्नु परेको थियो ।

सडक बिस्तारको जिम्मा लिएको श्रेया कन्ट्रक्सन प्रालीले सडक बिस्तारको काम ढिलाइ गरेपछि स्थानीय जनताहरूले हिलाम्य सडकको समस्या छिटो समाधान गर्न छायानाथ रारा नगरपालिका लाई दबाब दिँदै आएका थिए । यता नगरपालिकाले सडक नगरपालिकाको अधिकार क्षेत्र भित्र नपर्ने भन्दै पन्सिदै आएको थियो । स्थानीय जनताको चर्को आवाज र छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको चर्को दबाब पछि सम्बन्धित निर्माण कम्पनीले रातदिन नभनी सडक बिस्तारको काम अगाडि बढाए पछि बर्षौ देखिको न्युरोडको सडक हिलो हुने समस्या हल भएको छ ।

हिउँद र वर्षाको समयमा पानी पर्दा र स्थानीय हरूको घरबाट निस्कने पानीको कुनै निकास नभई कच्ची सडकमा पानी जमेर सधैँ हिलाम्य हुँदा सवारीका साधन लगायत मानिसहरूलाई आवत जावतमा समस्या भएको थियो सडक हिलाम्य हुने गरेपछि बजार वासीलाई दैनिक आवत जावतमा समस्या हुँदै आएको थियो ।

नेपालकै पर्यटकीय गन्तव्य स्थान रारा र ताल्चा विमानस्थल जाने मुख्य प्रवेश द्वारको रुपमा रहेको न्यूरोड बजारमा बर्सेनि पानी पर्दा हिलो जमेर सवारीका साधन लगायत स्थानीय साना स्कुले विद्यार्थीहरूलाई आवत जावतमा कठिनाइ हुँदै आएकोमा अब देखि गाडी लगायत मानिस, लाई आउजाउमा सहज भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सडक ढलाइको टेण्डर आह्वान गरी श्रेया कन्ट्रक्सन प्रालिसँग मिति २०७८ मङ्सिर १५ गतेदेखि लागु हुने गरी २०७९ जेठ १५ गतेभित्र निर्माणको काम सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो । तर, निर्धारित समयमा काम नसकिएपछि सम्बन्धित निर्माण कम्पनीले सुरुमा लिएको पेश्की रकम ४० लाख र बैङ्क ग्यारेन्टी ४० लाख गरी ८० लाख असुल उपर गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले बताए ।

सडक बिस्तारको जिम्मा पाएको निर्माण श्रेया कम्पनीका ठेकेदार ध्रुव बहादुर शाहीका अनुसार सडक बिस्तारका क्रममा तोकिएको मापदण्ड अनुसार काम गर्न खोज्दा केही स्थानीयले कामका अवरोध पु¥याउने लगायतका कारणबाट सडक बिस्तारमा ढिलाइ भएको दाबी गरे ।

हाल उक्त सडकमा स्टक्चरको ३ सय मिटर बाहेक ८० प्रतिशत भन्दा बढी काम भइसकेको र अब ढलानको काम मात्र बाँकी रहेको श्रेया कम्पनीले जनाएको छ ।

गमगढी स्थित न्यूरोडको सडक बिस्तार भए पछि आवत जावतमा सहज

श्रीमतिको हत्या पछि श्रीमानले गरे आत्मा हत्या

गमगढी स्थित न्यूरोडको सडक बिस्तार भए पछि आवत जावतमा सहज

नेपाल बीमा प्राधिकरणले ५६ औँ वार्षिकोत्सव विभिन्न