२०८२ फाल्गुन ५ गते
×

Now Playing

बिरामीलाई अस्पताल बाहिरको पसलमा औषधि किन्न कर्मचारीकै सिफारिस

सुर्खेतको मेहलकुना अस्पतालमा बिरामीको आफन्तलाई औषधि किन्न बजारमा पठाउने गरेको पाईएपछि रोक लगाइएको छ । महंगोमा बजारमा स्वास्थ्यकर्मीले नै पठाउने गरेको पाइएपछि अस्पताल प्रशासनले त्यसो गरे कारबाही गर्ने परिपत्र गरेको हो ।

अस्पतालभित्र रहेको फार्मेसीमा पाईने औषधि तथा सर्जिकल्सजन्य सामग्रीहरु बिरामीका आफन्तले अस्पतालका कर्मचारीको मिलोमतोमा बाहिरबाट किन्न लगाउने गरेको गुनासो आएसँगै सुचना जारी गरेको जानकारी दिँदै अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोजन सापकोटाले अब पनि त्यसो भएको पाइए कारबाही हुने बताए ।

अस्पताल फार्मेसीमा उपलब्ध भएको औषधि पनि प्राईभेट क्लिनिकबाट बिरामीका आफन्तले किनेर ल्याएको गुनासो मेसु तथा अस्पताल विकास समितिका अध्यक्षसँग आएकाले अब त्यसो भए कारबाही गरिने पत्र जारी भएको छ ।

बिरामीहरुको सुविधाका लागि अस्पताल व्यवस्थापन तथा सुधारका लागि कामहरु भईरहेको मेसु सोपकोटाले बताए ।

बिरामीलाई अस्पताल बाहिरको पसलमा औषधि किन्न कर्मचारीकै सिफारिस

भेरी अस्पतालको स्वास्थ्य सेवा सुधार हुँदै

बिरामीलाई अस्पताल बाहिरको पसलमा औषधि किन्न कर्मचारीकै सिफारिस

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता