२०८२ फाल्गुन ५ गते
×

Now Playing

भारतबाट घर फर्केका जुम्लाका एक युवा बिचबाटै सम्पर्क विहिन


आर्थिक आम्दानी गर्न भारत गएका जुम्लाका एक जना व्यक्ति घर फिर्ता हुदैगर्दा सम्पर्क विहिन भएका छन् । २०८० साल पुस १७ गते भारतको कुल्लु मैनालीमा विरामी भएपछि भारतको घर फिर्ता भएका चन्दननाथ नगरपालिका १० निवासी ४७ बर्षका मानवहादुर कामी भारतको बरेलीबाट सम्पर्क विहिन भएका छन् ।

यही पुस १७ गते हराएका कामी परिवारको सम्पर्कमा नआएपछि खोजी कार्य गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ । जिल्ला प्रहरीमा खोजी कार्यका लागि निवेदन दिईएको श्रीमति देउकली कामीले बताइन्।

श्रीमति देउकलीका अनुसार कुल्लु मैनालीबाट बरेली सम्म पातारासी गाउँपालिका २ पेरे गाउँका धनबहादुर नेपालीको परिवारको साथमा आएका र त्यहाँबाट आफ्ना श्रीमान् बस चढ्न छुटेका थिए ।

बरेलीमा एक छिन बस बिग्रिएर रोकेपछि पछि बस हिड्दा उनि छुटेका खबर आएको थियो । तर आज सम्म पनि सम्पर्क नहुदा चिन्ता बढेको भन्दै श्रीमान खोजिदिन आग्रह गर्दै मिडियामा समेत आएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार सो बिषयमा नाका नाकामा पत्राचार गरिसकिएको छ।

भारतबाट घर फर्केका जुम्लाका एक युवा बिचबाटै सम्पर्क विहिन

जुम्लाको भेरीखोलामा फोरजी सहित टेलिफोन सेवा सुचारु

भारतबाट घर फर्केका जुम्लाका एक युवा बिचबाटै सम्पर्क विहिन

कर्णाली नदीमा विश्व किर्तिमानको कसरत, विश्वकै सबै