२०८२ फाल्गुन ५ गते
×

Now Playing

नेपाली कांग्रेसद्वारा आगलागि पिडित राम सिंलाइ घर निर्माण सामग्री हस्तान्तरण


सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ११ घरेलिमा आग लागि पिडित राम सिं विकको परिवारलाइ नेपाली कांग्रेसले राहत हस्तान्तरण गरेको छ ।बनगाड कुपिण्डे नगरपालिका कार्या समितिको आर्थिक सहयोगमा उक्त राहत सामग्री आज पिडित परिवारलाई वितरण गरिएको छ ।

राम सिंह विकको मंसिर २१ गते घरमा आगो लाग्दा घर सहित सम्पूर्ण जयाजेथा जलेर नष्ट भएको थियोे । उनको केही नगद रकम समेत जलेको थियोे ।
उक्त परिवारलाई आज कर्णाली प्रदेश सभा सदस्य तथा सल्यान क्षेत्र नं ख का माननीय सुरेशकुमार अधिकारी,नगर उप प्रमुख तथा बनगाड कुपिण्डे नगर सभापति पुरुषोत्तम आचार्य,स्थानीय नेताहरु दुर्गा खड्का,शनत कुमार शर्मा लगाएतका नेताहरुको उपस्थिति रहेको दिवाकर रावतले जानकारी दिएका छन् ।

घर निर्माणकार्यको लागि चाहिने जस्ता पाता र सिमेन्ट सामग्री पिडित परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

नेपाली कांग्रेसद्वारा आगलागि पिडित राम सिंलाइ घर निर्माण सामग्री हस्तान्तरण

सैनिक आवासिय महाविद्यालयको खेलकुद सप्ताह