२०८२ फाल्गुन ५ गते
×

Now Playing

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँने


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।
बिहिवार सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अगुवा पत्रकारहरूसँगको भेटघाट तथा बधाई कार्यक्रममा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार दलहरू सरकार सञ्चालन का लागि आन्तरिक तयारीमा जुटेकाले केही समय लागे पनि मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताए ।

बुधवार मात्र पदभार ग्रहण गरेका मुख्यमन्त्री कँडेलले सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सिट बाँडफाँटको टुङ्गो यसअघि नै लागिसकेकाले केही प्राविधिक कारणबाट मात्र मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।

उनले प्रदेशका सबै नागरिकको अपनत्व हुने गरी सरकार योजनाबद्ध ढंगले अघि बढ्न लागेकाले समेत जानकारी दिए ।
राज्यको चौथो अङ्गका रुपमा रहेको प्रेस जगत्ले ‘डग वाच’ को काम गर्दै सरकारलाई रचनात्मक सुझाव दिन उनले पत्रकारहरूसँग आग्रह समेत गरे ।

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँने

छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँने

जयत पानीमा खुल्यो सुपथ सहकारी पसल