२०८२ फाल्गुन ५ गते
×

Now Playing

फोहर राख्नको लागि जनकल्याण निमाविमा बाँसको डोको प्रयोग

जनकल्याण निमावि स्वाराले पलाष्टिक जन्य वस्तुको प्रयोगको सट्टामा फोहर राख्नका लागि निगालाको डोको प्रयोग गर्ने भएको छ । नगरको वडा नं ९ का रहेको जनकल्याण आधारभूत बिधालयमा स्थानीय स्रोत साधन र सीप सदुपयोग गर्दै डस्टविनको रुपमा निगालाको डाली (डोको) प्रयोगमा ल्याईएको छ । स्थानीय स्तरमै पाइने निगालाको बाँस लागि प्रत्येक विद्यार्थीले एउटा निगालो ल्याएर सहयोग गरेका थिए।

स्थानिय रूद्रबिर वि.कले आफ्नो सीप प्रयोग गरि डाली बुनेर विद्यालयलाइ हस्तान्तरण गरेको शिक्षक बिक्रम वोहराले जानकारी दिएका छन् । स्थानिय रुद्रवीर विकलाई विद्यालयले सम्मान समेत गरेको छ ।

पलाष्टिक जन्य चिजको प्रयोगको सट्टामा स्थानीय स्तरमै पाइने, स्थानीयले नै तयारी पारेको उक्त निगालिको डोको प्रयोगले स्थानीय उत्पादनलाई समेत टेवा पु¥याउने शिक्षक वोहराको भनाइ रहेको छ ।

फोहर राख्नको लागि जनकल्याण निमाविमा बाँसको डोको प्रयोग

सैनिक आवासिय महाविद्यालयको खेलकुद सप्ताह