जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट


जुम्लामा बजार अनुगमन गरिएको छ । सदरमुकाम भित्रका ३२ वटा पसलहरु अनुगमन गरिएका हुन् । पछिल्लोपटक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्ला, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य संघ जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्र डिभिजन कार्यालय जुम्ला, आन्तरिक राजश्व कार्यालय र नागरिक समाज लगायतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु नष्ट गरिएको छ भने ३८ हजार सात सय ३७ रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री पनि बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाकी सहायक पाँचौ अधिकृत तथा बजार अनुगमन प्रमुख भगवती श्रेष्ठले बताइन् ।

चन्दननाथ नगरपालिकाको खलंगा बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छली गरेर बिक्रि गरिएका वस्तु, जम्मफुड, सुर्तिजन्य प्रर्दाथ खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्र डिभिजन कार्यालय जुम्लाका प्रमुख पंकज दाहालले बताए ।

अखाद्य वस्तुको बिक्री वितरण र कालोबजारी रोक्नका लागि बजार अनुगमनलाई तीव्र पारिएको हो । बजारका लागि उपभोक्ता सचेत हुन सके उपभोक्ता ठगिनबाट बच्ने अनुगमन टोलीले जनाएको छ । उपभोक्ता जागरुक भएर मैले के खाइरहेको छु भन्ने सोच्नु पर्ने बताएको छ ।

जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

छाउ गोठ मुक्त वडा घोषणाः गोठमा नभई

जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

दुई वटा पक्की पुल निर्माणको काम अन्तिम