मुगुमा पहिलो पटक बौद्ध शिक्षा पढाइ हुने


मुगुको पुर्वी मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ ।
मुगुमा हालसम्म सरकारी निकाय, स्थानीय तहबाट बौद्ध शिक्षाको पढाइको लागि कुनै पहल नभएपछि निजी लगानीमा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो । बौद्ध शिक्षा पढ्नको लागि मुगुम कार्मारोङ्का लामा समुदायका बालबालिकाहरू वर्षेनी ५० देखि १ सय जनासम्म काठमाडौँ र भारत जाने गर्दछन् ।
नयाँ गुम्बाको निर्माण कार्य पूरा भएपछि छोङ्ढुप पूजाको कार्यक्रममा विधिवत् रूपमा गुम्बा उद्घाटन गरिएको छ । जिल्ला बाहिर गएर बौद्ध शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था भए पनि अबदेखि आफ्नै ठाउँमा बौद्ध शिक्षा सुरु हुने भएपछि स्थानीय लामा समुदायका मानिसहरू खुशी भएका छन् ।






