२०८२ फाल्गुन ५ गते
×

Now Playing

करेन्ट लागेर लालुमा २ जनाको मृत्यु

नरहरिनाथ गाउँपालिका , ८ लालुमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ,८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको छ ।

केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताएका छन ।

घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका कालिकोटले बताएको छ ।

करेन्ट लागेर लालुमा २ जनाको मृत्यु

क्रान्ति गर्नु मात्र ठुलो कुरा होइन, क्रान्तिलाई

करेन्ट लागेर लालुमा २ जनाको मृत्यु

पहिलो किस्ता पाउनै मुस्किल