मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रवार एक सूचना जारी गर्दै उपकुलपतिका लागि पहिलो पटक दरखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्य व्यक्ति यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ ।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट तथा विश्वविद्यालय अनुदान आयोगको वेबसाइटमा यही सूचनासँगैको कार्यविधिमा उल्लेख कागजातसहित अनुसूचीमा रहेको ढाँचामा दरखास्त दिन आह्वान गरिएको छ ।

समितिले छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार दरखास्त आह्वान गरेको जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

YUGAAWHAN NATIONAL DAILY (2080-10-26)

मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

छालाको मुद्रा जस्तो देखिने वस्तुसहित दुई जनालाई