साझा बचत तथा ऋण सहकारीको १४औं वार्षिक साधारण सभा

साझा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभाहल वीरेन्द्रनगर सुर्खेतमा सस्थाका अध्यक्ष मदन बहादुर खड्काको सभाध्यक्षता तथा उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका मन्त्री सुरेश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
सभामा सस्थाको सचिवबाट आ.व २०८०र ८१ को प्रगति तथा कोषाअध्यक्षबाट रु १२ करोड ११ लाख ४५ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
आ.व २०८०।८१ मा उत्कृष्ट कारोबार गर्ने ४ जना सदस्य सम्मानित भएको थिए ,भने त्यसैगरी संस्थामा कार्यरत बजार प्रतिनिधी इन्दा भण्डारी आ.व. २०८०।८१ मा उत्कृष्ट कर्मचारी सम्मानित भए । कार्यक्रम संचालकको रुपमा यस सहकारी संस्थाका नगद सहायक शिव रेग्मीले गरेका थिए ।






