२०८२ फाल्गुन ५ गते
×

Now Playing

कर्णाली उत्सव’ को पाँचौं संस्करण आगामी फागुन ५ देखि ७ गतेसम्म


‘कर्णाली उत्सव’ को पाँचौं संस्करण आगामी फागुन ५ देखि ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजना हुने भएको छ ।

कर्णाली चिन्ने र चिनाउने यो उत्सवले आर्थिक, सामाजिक र राजनीतिक विषयमा विगतको समीक्षा, वर्तमानको चित्रण र भविष्यको खाका कोर्नसमेत सघाउ पु¥याएको ‘कर्णाली उत्सव’ को पाँचौं संस्करण फागुन ५ देखि ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजना हुने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । उत्सवको तयारी तीव्र रूपमा भइरहेको छ ।

पाँचौं संस्करण पुनर्निर्माण, विपद व्यवस्थापन, लगानीमैत्री वातावरण बनाउन, नीति निर्माण तथा कर्णालीका सम्भावानाको पहिचान केन्द्रित हुनेछ । लम्सालले भने, ‘हामीले विभिन्न विषय विशेषज्ञसँग छलफल गरेर सेसनका वक्ता छनोट गर्दैछौं । विगतको भन्दा पाँचौँ संस्करणलाई थप व्यवस्थित गने योजना छ ।’ कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ ।

बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ । उत्सव कर्णालीको विम्ब, धारणा र सोच बदल्ने अभियान पनि हो । उत्सवको पहिलो र दोस्रो संस्करणमा १४÷१४ सत्र, तेस्रोमा १३ र चौथोमा १६ सत्र सञ्चालन भएका थिए । सबै सेसनले सुनेको र वास्तविक कर्णालीमाथि गहन विमर्श गरिएको थियो ।

यहाँका बहुमूल्य जडिबुटी, कृषि, भाषा साहित्य र सभ्यता, जलविद्युतको सम्भावना र पर्यटनको फराकिलो दीर्घकालीन भविष्य कर्णाली प्रदेशबाहेक अन्य प्रदेशको कमै देखिन्छ । मुगुको राराताल, जुम्लाको गिडिदह चन्दननाथ, डोल्पा शे–फोक्सुण्डो, हुम्लाको मानसरोवरसहित कर्णालीका १० वटै जिल्लामा उत्कृष्ट पर्यटकीय गन्तव्य छन् । कृषि जडिबुटी, जलविद्युत र जंगलको सम्भावना छ ।

जसको उचित प्रवद्र्धन, परिचालन तथा पर्याप्त लगानी भएको खण्डमा कर्णालीलाई आर्थिक रूपमा समृद्ध बनाउन कुनै कठिनाइ छैन । तर, लगानी नीति अभावकै कारण यहाँका सम्भावना अवसरमा रूपान्तरण हुन सकेका छैनन् । बहस विमर्श सम्भावना पहिचान, नीति निर्माण तथा लगानी जुटाउन सम्भव नरहेको कुरालाई मध्यनजर गर्दै विगत चार वर्ष यता कर्णाली केन्द्रित राष्ट्रियस्तरको बहस ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ नामक बहस हुँदै आएको छ ।

चार वर्षदेखि ऋति फाउण्डेसनको आयोजनामा हुँदै आएको यस बहसले सार्वजनिक नीति निर्माण, कर्णालीका सम्भावनाको पहिचान, लगानीको वातावरण बनाउन केही हदसम्म राज्य र राज्यका शासकलाई उत्तरदायी बनाएको पाइएको छ । फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करणसम्म पुग्दा मोफलसबाट पनि राष्ट्रिय विचारको महोत्सव गर्न सम्भव रहेछ भन्ने तथ्य स्थापित भएको बताए । उनले भने, ‘यो कर्णालीलाई ब्रान्डिङ गर्ने विचार निर्माणको विशेष कार्यक्रम हो जसले खाना, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याएको छ ।’

पाँचौ संस्करणको पहिलो सत्रमा भूकम्पछिको पुनर्निर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । कर्णालीको पैकेलो पहिचान,लगानी सम्मेलन र सम्भावना पहिचान तथा बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उनको भनाइ छ । यो विचार र बहसको उत्सवले कर्णालीको परिचय बदल्न पुलको काम गर्ने आयोजकको विश्वास छ ।

आयोजक ऋति फाउण्डेसनले आर्थिक व्यायभारका हिसाबले कर्णाली उत्सव सबै ठाउँमा गर्न सम्भव नरहेको बताएको छ । फाउण्डेसनका निर्देशक दिनेश गौतम भन्छन्, ‘एउटै संस्करणमा अनुमानित एक करोड बढी नै खर्च हुन्छ । सुर्खेतमा हवाई तथा सडक यातायातको सहज पहुँच हुँदा र खर्च बढ्दो छ । यस्तै बहस मुगु डोल्पा हुम्ला गर्दा आउआउमा समस्या त छनै । खर्च जुटाउनै मुस्किल हुन्छ । अपेक्षित संख्यामा सहभागी नै हुँदैनन् । त्यसैले पनि कर्णाली उत्सव सुर्खेतबाहेक अन्त गर्न सम्भव छैन ।’

कर्णाली उत्सव’ को पाँचौं संस्करण आगामी फागुन ५ देखि ७ गतेसम्म

YUGAAWHAN NATIONAL DAILY (2080-10-24)

कर्णाली उत्सव’ को पाँचौं संस्करण आगामी फागुन ५ देखि ७ गतेसम्म

वृद्धा महिलामाथि हतियार प्रहार