करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु


सुर्खेतमा करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीका २५ वर्षीय प्रकाश बुढा रहेका छन् । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटर्वकको फाइबर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।
मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेका उनको मृत्यु भएको हो । कालिकोट प्रहरीका अनुसार यस विषयमा प्रहरीलाई बेलुका ८ बजे मात्रै घटनाको विषयमा जानकारी भएको थियो ।
फाइबर विस्तारका क्रममा कुनै पनि सुरक्षा सावधानीका सामाग्री प्रयोगबिनै कर्मचारीलाई खटाउने गरेको बताइएको छ ।
राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेष्ट नेटर्वकको फाइवर बिस्तारका क्रममा कर्मचारीलाई कुनै सुरक्षा सामाग्री नदिएर फिल्डमा काम गराउनु नेटवर्क प्रालिको चरम लापरबाही हो ।






