रुकुमपश्चिममा ३२ करोड बेरुजु


रुकुम पश्चिमका छ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो ।

आर्थिक वर्ष ०७९–०८० मा गरिएको लेखा परीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकाको रहेको छ भने सबैभन्दा बढी आठबिसकोट नगरपालिकाको देखिएको छ ।

सानीभेरी गाउँपालिकाको एक करोड ५२ लाख ४४ हजार रुपियाँ बेरुजु देखिएको छ भने त्रिवेणी गाउँपालिकाको तीन करोड २९ लाख तीन हजार देखिएको छ । त्यसै गरी मुसिकोट नगरपालिकाको तीन करोड ५७ लाख ३२ हजार र बाँफिकोट गाउँपालिकाको पाँच करोड १६ लाख ४६ हजार रुपियाँ बेरुजु छ ।

चौरजहारी नगरपालिकाको बेरुजु सात करोड ८० लाख ७६ हजार देखिएको छ भने आठबिसकोट नगरपालिकाको १० करोड ६४ लाख ९७ हजार रुपियाँ बेरुजु देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत पु¥याइन कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको कारोबारलाई महालेखा परीक्षक कार्यालयले बेरुजुका रूपमा परिभाषित गर्छ ।

बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिन्छ । महालेखाले वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र फर्स्योट, हानि नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरेको छ । नियमित गर्नुपर्ने बेरुजुलाई अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको गरेर वर्गीकरण गरिएको छ ।

रुकुमपश्चिममा ३२ करोड बेरुजु

भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुमपश्चिममा ३२ करोड बेरुजु

सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ