९९८ किलोवाटको चुकेनी जलविद्युत निर्माण अन्तिम चरणमा


बत्तिको अभाव खेपी रहेको जुम्लामा पहिलो पटक ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्थाबाट सञ्चालित आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । चुकेनी जलविद्युत सहकारी संस्थाका अध्यक्ष गोरबहादुर रावतले उक्त आयोगनाको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै पावर हाउसमा बत्ती बलेको बताए ।

उनले पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकाममा बत्ती बाल्ने भएकोमा ढुक्क भएको बताए ।

वैकल्पिक ऊर्जा प्राधिकरणको ६० प्रतिशत, पातारासी गाउँपालिकाका स्थानीय नागरिक तथा स्थानीय पातारासी गाउँपालिकाको शेयर लगानीमा उत्पादन भएको करिब एक मेघाबाटको बत्ती जुम्लाको अहिलेसम्मको ठुलो आयोजना हो ।

अध्यक्ष रावतका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान २८ करोड ४४ लाख ३० हजार र स्थानीय नागरिक, सरकार र प्रदेश सरकारको शेयर लगानी ११ करोड गरी ३९ करोड ४४ लाख ३० हजार रहेको छ । यस आयोजनामा पाँच करोड नेपाल सरकारको भूअ कर सहयोग सहित जम्मा लगानी ४४ करोड ४४ लाख ३३ हजार रहेको छ ।

अध्यक्ष रावतले यस भित्र चुकुनी जलविद्युत आयोजनाको ६ करोड बैङ्क कर्जा , स्थानीय नागरिकको शेयर दुई करोड ५० लाख, गाउँपालिकाको १ करोड तथा कर्णाली प्रदेश सरकारको एक करोड रुपियाँ लगानी छ ।

पातारासीको काखमा निर्माण भइरहेको उक्त आयोजना फेवा कन्सल्टेन्ट बुटवलले जिम्मा पाएको वैकल्पिक ऊर्जा नवीकरणीय ऊर्जाका लागि जिविको उपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाहीले जानकारी दिए । उनले साइडमा काम गर्ने जिम्मा मेघा हाइड्रो इन्जिनियरिङ कम्पनी बुटवलले गरिरहेको छ । उनका अनुसार बजार लाइन पिएलसि कम्पनीबाट अर्का प्राविधिक आएपछि बजार लाइन पुग्ने भएको छ ।

उनका अनुसार निर्माण कार्यको विद्युत गृहभित्रको म्यानुयल्लि सिस्टमको कार्य सम्पन्न भई पावर हाउसमा बत्ती बलेको हो । अब केही दिनमा अटोमेटिक सिस्टम सुरु हुन्छ । त्यस पछि बजार क्षेत्रमा बत्ती सप्लाइको काम गर्ने तयारी भइरहेको छ ।

जुम्लाको बहुचासोको विषयको रूपमा रहेको उक्त विद्युत आयोजना निर्माण कार्य अन्तिम चरण पुगेकोमा जुम्लावासी बत्तिमा प्रतीक्षामा छन् । विद्युत आयोजनाको परिकल्पनाकार तथा पहलकर्ता पूर्वमन्त्री नरेश भण्डारीले चुकेनीले जुम्ली जनताको सानो सपना पूरा हुने भएको बताए ।

उनले जुम्लाको पातारासी गाउँपालिका १ स्थिति चुकेनीको पावरहाउसमा विद्युत परीक्षण सफलता पूर्वक सम्पन्न भएको बताए ।

साढे ३ वर्ष अगाडि उक्त आयोजना शिलान्यास भएको थियो । विद्युत अभाव हुँदा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका सरकारी कार्यालयमा चरम समस्या भइरहेको छ । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले चुकेनी जुम्लाको गौरवशाली आयोजना भएकाले जुम्ला र पातारासी जनताको मुहारमा उज्यालो ल्याउने बताए ।

९९८ किलोवाटको चुकेनी जलविद्युत निर्माण अन्तिम चरणमा

२३६ जना विद्यार्थीलाई स्टेस्नरी सहयोग

९९८ किलोवाटको चुकेनी जलविद्युत निर्माण अन्तिम चरणमा

सल्यानमा टिमुरकप ब्याडमिन्टन प्रतियोगिता सुरु