२०८२ फाल्गुन ५ गते
×

Now Playing

एक लाखको कथा पुरस्कार विजेता पादुकालाई कोहलपुरमा सम्मान

सरला सुवेदी ।

कोहलपुरमा एक कार्यक्रम आयोजना गरी डिसहोम बाह्रखरी कथा प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका कथाकार विष्णु पादुकालाई सम्मान गरिएको छ। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ महानन्द ढकाल र आयोजक संस्थाका अध्यक्ष पुष्कर रिजालले पादुकालाई फूलमाला, टीका, र खादा लगाएर सम्मान गरेका हुन् ।

कथाकार पादुकाले देश–विदेशका ९३६ भन्दा बढी कथाकारलाई पछि पार्दै आफ्नो कथा ‘माग्युद खोना’ मार्फत प्रथम स्थान हासिल गरेका थिए। प्रमुख अतिथि ढकालले बाँकेलाई राष्ट्रिय स्तरमा चिनाउने स्रष्टाहरू कोहलपुरमा जन्मिनु गर्वको विषय भएको बताए। कार्यक्रममा रेडियोकर्मी कल्पना कार्कीले पादुकाको विजयी कथा वाचन गरेकि हुन् ।

पादुकाले आफ्नो कथा र त्यसको सन्दर्भमा बोल्दै आयोजक र पाठकहरूलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा पूर्वविजेता कथाकार नवीन अभिलाषी र सुमित्रा न्यौपानेको उपस्थिति विशेष आकर्षण थियो।

उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो। साहित्यिक क्षेत्रका चर्चित नामहरू प्राज्ञ हरि तिमिल्सिना, उपन्यासकार किरण आचार्य, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेत, गजलकार नमिता बराल, र कथाकार छविलाल खड्का, भुपेन्द्र सुवेदी लगायत चार दर्जन साहित्यकार र आधा दर्जन पत्रकारको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गरेका थिए।

एक लाखको कथा पुरस्कार विजेता पादुकालाई कोहलपुरमा सम्मान

कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि छलफल

एक लाखको कथा पुरस्कार विजेता पादुकालाई कोहलपुरमा सम्मान

YUGAAWHAN NATIONAL DAILY (2081-08-20)