२०८२ फाल्गुन ५ गते
×

Now Playing

सहारा विहिन वालवालिकालार्इ प्रदेशबाट आर्थिक सहयोग

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं,४ देउलिमा दम्पती नै मृत्यु पश्चात् ३ वालवालिका विच्चलिमा परेका छन् । २ वर्षिया सुस्मिता वुढा,४ वर्षिया छोरा भुपेन्द्र वुढा र ९ वर्षिया वालक रेशम वुढा यतिखेर वृद्ध हजुर आमाको सहारामा छन् ।उनिहरुको लागि भारत पुगेका नेपाली सल्यानि दाजुभाइले केहि रकम उठाए नेपाल पठाएका छन् ।

मनोज वुढाले श्रीमति कमला वुढाको धारिलो हतियार प्रयोग गरि हत्या गरे लगत्तै मनोज घरमै दलिनमा झुन्डिएर आफ्नो हत्या गरेको करिव दुई महिना वितिसकेको छ।दुबै बाबु आमाको मृत्यु पश्चात् दुई वर्षे दुधे वालक सहित ३ वालवालिकाको यतिखेर विच्चलि परेको खबर प्रदेशि गाउँले दाजुभाइ मिलेर सहयोग उठाएर सहयोग गरेको बनगाड कुपिण्डे नगरपालिका वडा नं २ निवासी कृष्ण राज शर्माको भनाइ रहेको छ ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं २,३,४, कुमाख गाउँपालिका छिमेकी जिल्ला जाजरकोट स्थायी ठेगाना भइ हाल गुजारातमा रहनेहरुले समेत यो काममा ठुलो सहयोग गरेको शर्माको भनाइ रहेको छ ।

उक्त रकम वडा अध्यक्ष पुष्कर विसिको रोहवहरमा पत्रकार दुर्गा विसिले घरमै पुगेर ति वालवालिकाइ हस्तान्तरण गरिएको वताएको छ।विभिन्न व्यक्तिहरुबाट उठेको ४९ हजार ५ सय ६० रुपैया घरमै पुगि लालन पोष्णमा टेवा पुगोस भनेर त्यहा रहने नेपालीहरुले पठाएको रकम हस्तान्तरण गरिएको ।

सहारा विहिन वालवालिकालार्इ प्रदेशबाट आर्थिक सहयोग

हलिया मुक्त घोषणाको १६ वर्षसम्म पनि मुलप्रवाहमा

सहारा विहिन वालवालिकालार्इ प्रदेशबाट आर्थिक सहयोग

सम्पादकीय : मुक्त हलियाको उचित सम्बोधन गर