लुम्बिनीमा एक हजार बढी उद्योग थपिए


लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको चार महिनामा १ हजार १ सय २८ नयाँ उद्योग थपिएका छन् । प्रदेशका १२ जिल्लामा उक्त उद्योग थपिएका हुन् । यी उद्योगहरू उत्पादनभन्दा पनि अनुदान तथा ऋणका लागि दर्ता हुने गरेका छन् । उद्योग पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीकाअनुसार चार महिनाको अवधिमा दर्ताको आधाभन्दा बढी उद्योग बन्द भएका छन् । यस अवधिमा ७ सय ४२ वटा उद्योग बन्द भएका हुन् ।

यो संख्या घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर उद्योग बन्द गराउनेहरूको संख्या मात्र हो । यस बाहेक पनि धेरै उद्योगहरू बन्द भएका व्यवसायीहरूको भनाइ छ । बैकको ऋण तथा विदेश जान ऋणका लागि पनि उद्योग बन्द भए पनि कार्यालयसम्म पुगेर बन्द नगराउने संख्या पनि धेरै नै रहेका छन् । पहिलो चौमासिकसम्ममा रुपन्देहीमा दुई सय ९१, बाँकेमा दुई सय ४२, नवलपरासी पश्चिममा एक सय १२, कपिलवस्तुमा एक सय ३० र दाङमा एक सय ४२ वटा उद्योग दर्ता भएका छन् ।

बर्दियामा ८९, पाल्पामा ३०, गुल्मीमा १५, अर्घाखाँचीमा २८, प्युठानमा ८, रोल्पामा २४ र पूर्व रुकुममा १७ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा ४ हजार ४८ वटा उद्योग नवीकरण भएका छन् । रुपन्देहीमा ९ सय ८२, बाँकेमा ४ सय ५८, नवलपरासी पश्चिममा २ सय १० , कपिलवस्तुमा ५ सय १०, दाङमा ५ सय ६४ उद्योग नवीकरण भएका छन् । यसै गरी बर्दियामा तीन सय ६४, पाल्पामा तीन सय ४०, गुल्मीमा दुई सय ४१, अर्घाखाँचीमा ३४, प्युठानमा ८६, रोल्पामा दुई सय ३२ र पूर्व रुकुममा १६ वटा उद्योग नवीकरण भएका छन् ।

पहिलो चौमासिकसम्ममा रुपन्देहीमा एक सय १७, बाँकेमा ७३, नवलपरासी पश्चिममा ४३, कपिलवस्तुमा ६२, दाङमा एक सय ९ उद्योग बन्द भएका छन् । यसै गरेर बर्दियामा ६४, पाल्पामा ९१, गुल्मीमा एक सय ३१, अर्घाखाँचीमा ४, प्युठानमा २१, रोल्पामा २१ र पूर्व रुकुममा ६ वटा उद्योग बन्दा भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए । कात्तिक मसान्तसम्ममा एक हजार ५ सय १२ उद्योगले संशोधन गरेका छन् । यस अवधिमा उद्योगबाट एक करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

रुपन्देहीमा ४८ लाख ७१ हजार, बाँकेमा २६ लाख ८८ हजार, नवलपरासी पश्चिममा १० लाख १४ हजार, कपिलवस्तुमा १५ लाख, दाङमा २४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । बर्दियामा १८ लाख ३५ हजार, पाल्पामा ९ लाख १३ हजार, गुल्मीमा ८ लाख ८१ हजार, अर्घाखाँचीमा दुई लाख ६९ हजार, प्युठानमा ४ लाख ८ हजार, रोल्पामा ६ लाख ९४ हजार र पूर्व रुकुममा १ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी सुवेदीले बताए ।

वाणिज्यतर्फ एक हजार ५ सय फर्म दर्ता
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकसम्म एक हजार ५ सय २४ वाणिज्य फर्म दर्ता भएका छन् । प्रदेशका १२ जिल्लामा यो संख्यामा वाणिज्य फर्म थपिएका हुन् । यस अवधिमा ४ हजार ३ सय ८६ फर्म नवीकरण भएका छन् । ७ सय ८२ वटा वाणिज्य फर्म बन्द भएको मन्त्रालयको पहिलो चौमासिक तथ्यांकले देखाएको छ ।

यसैगरी एक हजार ६ सय ७६ वटाको संशोधन गरिएको छ । वाणिज्य फर्मबाट चार महिनाको अवधिमा दुई करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा चार महिनामा ५ सय १९ महिला र नौ सय ३३ पुरुष उद्यमी भएका छन् । एक हजार ६ सय ४७ महिला र ३ हजार ३५ जना पुरुषले रोजगार प्राप्त गरेका छन् ।

लुम्बिनीमा एक हजार बढी उद्योग थपिए

दैलेख महावुमा ४३ प्रतिशत मत खस्यो

लुम्बिनीमा एक हजार बढी उद्योग थपिए

चालक र यात्रुकै लापरबाहीले बढ्दै दुर्घटनाको जोखिम