मौरी मर्न थालेपछि मौरी विशेषज्ञ झिकाउँदै जुम्लाका किसान


जुम्लामा पहिचान नभएको रोगले धमाधम मौरी मर्न थालेपछि विशेष झिकाइएको भएका छन् । जुम्लाका किसानले मौरी विकास केन्द्र गोदावरीदेखि विशेषज्ञ झिकाउने भएका हुन् । बुधबार मौरी किसान र सरोकारवालाबीच भएको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र रोग निवारणको उपाय खोजिने निष्कर्ष पुगेको किसानहरु बताउँछन् । छलफलले मौरी विशेषज्ञ बोलाउने, जिल्लाभर मौरी घारहरूको यकिन तथ्याक संकलन गर्ने, बर्सेनि उत्पादन हुने मह र जुम्ली महको बजारको समेत पहिचान गर्ने निर्णय गरिएको कर्णाली मौरीपालन सहकारी संस्थाका अध्यक्ष दिपबहादुर मल्लले बताए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रतिनिधि लछिराम महतले धमाधम मौरी मर्दा किसानहरू मर्कामा परेको भन्दै मौरी बचाउ जिल्लाभर अभियान चलाउनुपर्नेमा बताए । जुम्लाको मह भन्दै अन्यत्रको मह किनबेच भइरहेको भन्दै यसको नियमन गर्ने निकाय सचेत हुनुपर्ने उनको तर्क छ । कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडले मौरीका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेकाले सबै मिलेर सघाउनुपर्ने निर्णय समेत गरेको छ ।

सहकारीका सचिव नारायण चौलागाईंले चरिचरन क्षेत्र घट्दै जानु, जंगलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकुल घारमा सुधार नहुनुले समस्या देखिएको बताए ।

जुम्लामा खोपे, मुढे, टोड्के र फाँके घारहरूमा मौरीपालन हुँदै आएको छ । सेरनासेरना जातको मौरी जुम्लामा पालिने भएकाले समयमै रोगको पहिचान हुनुपर्ने किसानको माग छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालनका लागि जुम्ला उपयुक्त स्थल भएको बताए । मौरी जोगाउन र मौरी पाल्ने किसानको हौसलाका लागि तीनै तहका सरकारले चासो दिनुपर्ने तर्क राखे । उनले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ टोली झिकाउन स्थानीय प्रशासनले समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । जडिबुटी र फलफूलको राजधानीजस्तै मानिएको कर्णालीमा मौरीपालन फैलाउन सकिने टिप्पणी गरे ।

कर्णाली मौरीपालन सहकारी संस्थाका उपाध्यक्ष धनजीत बुढाले यहाँको मौरीपालनको इतिहास, समस्या, चुनौती, अवसर र समाधानका उपाया समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । छलफल कार्यक्रममा मौरीपालक किसानहरूले मौरीमा देखिएको रोगको उचित पहिचान गरेर उचित औषधिपचार गर्नुपर्ने माग गरेका थिए ।

यता पातारासी गाउँपालिका –७ पट्मारा गाउँ किसान टेकबहादुर बुढाले ५ वटा घार मरेको गुनासो गरे।रहरले प्रति घार ८ हजारले किनेको सबैभन्दा मरेको बताए । यस्तै चन्दननाथ नगरपालिका –३ का बालकृष्ण उपाध्यायले पनि मौरीको रोग पहिचान नहुदा समस्या भएको बताउँछन् । मौरी घारदेखि बाहिर निस्कने, उड्न नसक्ने र मर्ने गरेका छन् । तर लामो समय बित्दासमेत यो रोगको पहिचान हुन नसक्दा घाटा बेहोर्नुपरेको उनीहरू बताउँछन् । उनीहरूजस्तै जिल्लाका सयौं किसान मौरी मर्ने रोगले चिन्तामा छन् ।

करोडौं क्षेती क्षेती हुने गरेको छ । जिल्लाभर ८ हजार ४ सयभन्दा बढी मौरीका घार रहेको अनुमान कर्णाली मौरीपालन सहकारीले गरेको छ ।

मौरी मर्न थालेपछि मौरी विशेषज्ञ झिकाउँदै जुम्लाका किसान

तिलामा चट्यांङमा परि १ सय २९ भेडा

मौरी मर्न थालेपछि मौरी विशेषज्ञ झिकाउँदै जुम्लाका किसान

सम्पादकीय : कर्णालीको कृषिका नारा, काम गर्ने