२०८२ फाल्गुन ५ गते
×

Now Playing

राहत पाउँदा पीडित परिवारमा देखियो खुशी


बाढी पहिरो प्रभावित परिवारले राहत पाउँदा उनीहरू खुशी देखिएका छन् । गत असोजमा परेको अविरल वर्षाले बाढी र पहिरो आई घर तथा खेतबारी बगाएका पीडित बनेका मध्ये मुगुको खत्याड गाउँपालिका–४ हिगोटी गाउँका ४९ पीडित परिवारलाई एक गैरसरकारी संस्थाले राहत वितरण गरेपछि पीडित परिवारहरू खुशी देखिएका हुन ।

टेवा नेपालको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको आयोजनामा पीडित ४९ दलित परिवारलाई प्रति घर ३० केजी चामल,२ केजी दाल,१ पाकेट नुन,डसना,फाइबर सिरक र तन्ना वितरण गरेको थियो । महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाही र कार्यवाहक वडा अध्यक्ष लोकेन्द्र भण्डारीले पीडित सबै गाउँलेलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेका थिए।पुस महिनाको जाडोमा चिसा दिनहरू कटाउँदै आएका बाढीपीडितहरूले खाद्यान्न र न्यानो ओढ्ने तथा ओछ्याउने कपडा पाएपछि खुशी व्यक्त गरेका छन् ।

गत असोज १९ देखि २५ गतेसम्म अविरल पानी पर्दा आफ्ना गाउँ लगायत जिल्ला भरी ठुलो धनजनको क्षति भयो । हाम्रो गाउँमा मात्र कसैका घर भत्किए कसैका चर्किए खेत गरा पाक्न लागेको अन्न सहित बगायो । त्यो बेला देखि हामी घर बाहिर बस्दै आएका छौ बस्न कपडा छैनन् खाना अन्न छैन। आज संस्थाले खाद्यान्न र न्यानो कपडा दियो अब तातो गरेर सुत्ने भयौ।घरमा थोरै परिवार भएका परिवारलाई सहज भए पनि ठुलो परिवार भएका घरलाई झनै समस्या छ , घर छैनन् बचेका छर चर्किएका छन् ।

त्यहाँ बस्न घर लाग्छ संस्थाले चामल,दाल कपडा दियो खुशी छौ अब सरकारले घर बनाउन सहयोग गरिदिए हुने थियो सोही गाउँकी स्थानीय विमला सार्की भन्छिन् । टेवा नेपालले मुगुका बाढीपीडित ४९ घरधुरीलाई खाद्यान्न तथा कपडा सहयोग गरेको महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीले जानकारी गराइन् ।

राहत पाउँदा पीडित परिवारमा देखियो खुशी

सडकले विस्थापित हुदैँ घोडा र खच्चड व्यवसाय

राहत पाउँदा पीडित परिवारमा देखियो खुशी

सरकारी सवारी साधन पूर्ण रुपमा बन्द