गुठिचौरका ज्येष्ठ नागरिकलाई वडापालिकाको कम्बल


जुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा चिसोले जनजीवन प्रभावित भएको छ । बृद्धबृद्धाहरु, बालबालिकाहरू बिहान बेलुकाको समयमा चिसोले घर बाहिर निस्कन सक्ने अवस्था समेत छैन ।
पुष महिनाको कठ्याङ्ग्रिँदो चिसोबाट प्रभावित विपन्न नागरिक, बृद्धबृद्धाको समस्यालाई मध्यनजर गर्दै जुम्लाको जुम्लाको गुठिचौर गाउँपालिका–५ का जेष्ठनागरिक कम्बल वितरण गरिएको छ । दुई सय ३३ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । निरन्तर चिसोबाट प्रभावित भएका बृद्धबृद्धाहरुको समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाभित्रका कम्बल वितरण गरिएको वडाध्यक्ष कमल महत (प्रशान्त)ले बताए ।
ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने संस्कार बसाल्न जाडोमा कम्बल वितरण गरेका हौं’, अध्यक्ष महतले भने । ज्येष्ठ नागरिकको सम्मानका लागि वर्षमा एक पटक यस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष शान्ति कुमारी (मल्ल) भण्डारी र प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरीको उपस्थिती रहेको थियो ।
जेष्ठनागरिक,असाहाय बृद्धबृद्धाको लागि स्थानीय सरकार भरोसा बन्दै गएको उपाध्यक्ष शान्ति कुमारी (मल्ल) भण्डारी बताउँछिन् ।
कम्बल पाएपछि गुठिचौर–५ का ८१ वर्षीय मिमबहादुर महतले वडपालिकाको सम्मानबाट खुसी भएको बताए । सरकारले जाडोमा न्यानो कम्बल दिएर पुण्य काम गर्यो’, सोही वाडकि ७१ वर्षीय भवानीप्रसाद न्यौपानेले भने ।
यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले न्यानो कपडा वितरण गरेको छ । तातोपानी–२ वडाका २ सय ४० जना बृद्धबृद्धा लाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । वडा –६ का १ सय ७० र ५ वडा का १ सय ७० वटा न्यानो कपडा बाँडिएको हो ।
वडा नम्बर– ६ मा पनि १ सय ७० जना नागरिकलाई न्यानो वितरण गरिएको थियोे । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत जेष्ठनागरिक, एकल महिला, गरिब, विपन्न, अपाङ्गता भएका व्यक्ति १ सय ७० जनालाई न्यानो कम्बल वितरण गरिएको वडाले जनाएको छ । यताा तातोपानी–२ ले चार जना विपन्नलाई ग्याँस चुलो दिएको छ ।






