सडकले विस्थापित हुदैँ घोडा र खच्चड व्यवसाय

सवारीसाधन नपुग्ने ठाउँका लागि आवतजावत र समान ढुवानीका लागि विकल्प हुन् घोडा र खच्चड । झण्डै डेढ दशक अघिसम्म देशका धेरै ठाउँमा ढुवानी र आवतजावतका लागि घोडा खच्चड प्रयोग गर्दै आएकाले यो व्यवसाय पनि आयआर्जनको महत्वपूर्ण विकल्प बनेको थियो।
कुनै समय पदमार्ग क्षेत्रका लागि त यो व्यवसाय बरदान नै सावित थियो । पछिल्ला समय विस्तार हुँदै गएको सडक विस्तार र मोटरबाटोले अधिकांश स्थानमा यो व्यवसाय हटिसकेको छ । भने भएका ठाउँमा पनि यो पेशा विस्थापित हुँदै गएको छ ।

कुनै बेला सामान ओसारपसार गर्न लागि जुम्लाका हरेक ग्रामीण क्षेत्रमा घोडा र खच्चड प्रयोग गरिन्थ्यो।अधिकांश स्थानमा घोडा र खच्चड प्रयोगका साथै व्यावसायिक तवरले पालन गरिन्थ्यो । पछिल्ला वर्षमा धेरै ठाउँबाट यो व्यवसाय विस्थापित हुँदै गएको जुम्लाको चन्दननाथ नगरपालिका –८ धरालवाडा गाउँका ५८ वर्षका घोडा व्यापारी जयकृष्ण धरालाले बताए ।
उनी चिनिएका घोडा व्यापारी हुन् ।
२०५० साल देखि घोडा व्यापारी गर्दै आइरहेका छन् । घोडाको व्यावसाय सगै व्यापार ओरालो लाग्न थालेपछि चिन्तित देखिन्छन् । मालसमान ढुवानी गर्न विगतमा अत्यधिक खच्चड तथा घोडाको प्रयोग हुने गरेकामा अहिले पातलिदै आएको उनी बताउँछन्।गाउँगाउँमा बाटो पुगेको छ ।
जयकृष्ण भन्छन् बाटो नहुँदा मानिस घोडाबाटै आवतजावत गर्थे भने सामान खच्चडमा बोकाएर लगिन्थ्यो । तर, अहिले गाडीबाट मालसमान ढुवानी हुन थालेसँगै घोडा र खच्चड पाल्ने क्रम घटिरहेको छ । पहिले अघिकांश घरमा सामान ढुवानी र आवतजावतका लागि खच्चड तथा घोडा पालिने र व्यावसायिक रूपमा पनि पाल्ने क्रम मा अहिले जुम्लामा गाउँ घरमा फाट्टफुट्ट देखिन्छ।०६४ साल तिर्न ८० हजार बिक्री हुने खच्चड ४० हजारमा बिक्री गर्न मुस्किल छ ।
६० हजारमा बिक्री हुने घोडा आजभोलि १०÷१२ हजार बिक्री हुन्छन् । ठिकै फरक छ । बाटो विस्तारसँगै हाम्रो समाजको परम्परागत यातायातका साधन घोडा तथा मालसामान ढुवानीमा प्रयोग गरिने खच्चड पछिल्लो पुस्ताका लागि एकादेशको कथा हुने हो कि भन्ने चिन्ता थपिएको छ । अहिले फाट्टफुट्ट कर्णालीका हुम्ला र डोल्पा जिल्लामा अलि घोडा र खच्चड बिक्रीवितरण हुन्छन् । घोडा र खच्चड हाम्रो समाजको प्राचीन संस्कृति एवं सभ्यतासँग समेत जोडिएको अर्को घोडा व्यापार गर्ने जयलाल रोकाया बताउँछन्।
दुर्गम ठाउँमा सडक सञ्जाल विस्तार हुँदा घोडा÷खच्चरको व्यापार घटेको हो।पहिले गाउँका मुखिया र हुनेखानेले मात्र घोडा चढ्ने भन्ने प्रचलन थियो।पछि विस्तारै अन्य सर्वसाधारणले पनि घोडा चढ्न थाले ।
संस्कृतिको जर्गेना गर्न घोडा दौड
सङ्कटमा पर्दै गएको घोडापालन व्यवसायलाई जगेर्ना गर्न केही वर्ष यताबाट हरेक वर्षको दसैंको फुलपातीको दिन घोडा दौड प्रतियोगिता गरिन्छ । मानव सभ्यताको विकाससँगै घोडापालन शुरु भएको र चर्चा संस्कृतिबारे पछिल्ला पुस्तालाई जानकारी गराउने प्रतियोगिता गरिदै आएको छ ।






