आई.सी.टी क्लब सुर्खेतको अध्यक्षमा बुढा

सूचना सञ्चार तथा प्रबिधी क्षेत्रमा काम गर्दै आएको आई.सी.टी. क्लब सुर्खेतको तेस्रो साधारण तथा सूचना प्रविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा संस्थापक अध्यक्ष सुवास बिसीले आई.सी.टि. क्लब सुर्खेतले आई. टी. गतिबिधीलाई थप सशक्त बनाउँदै शिक्षामा प्रबिधीको नबिनतम प्रयोग गर्न क्लबले थप भुमिका खेल्नु पर्ने र संस्थाको गतिबिधिमा प्रत्येक्ष रुपमा संधै सहयोग रहने बताए ।

उक्त सभाबाट जनक बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा शकर चन्द ठकुरी, महासचिवमा मनिचन्द्र अधिकारी, सचिवमा खडक बि.सी., कोषाध्यक्षमा रेखा बुढा, सदस्यहरुमा सगिता शाही र चन्द्रा ओली निर्बाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बुढाले संस्थाले आई.टि क्षेत्रको विकास र बिस्तारको लागि सधै अग्रणी भूमिका खेल्ने र आफ्नो सम्पुर्ण टिम त्यसको लागि प्रतिबद्ध रहेको बताए । सूचना प्रबिधी सम्बन्धि अन्तरक्रिया तथा तेस्रो साधारण सभा क्लवका निवर्तमान अध्यक्ष टीका प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।






