जेठ १ देखि डोल्पाका यार्सा पाटन खुल्ने

डोल्पा । डोल्पामा जेठ १ गतेदेखि यार्सा पाटन खुला गरिने भएको छ । शनिवार जिल्ला समन्वय समितिकोे बैठकले से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन असार १ गतेसम्म खुला गर्ने निणर्य गरेको हो । बहुमूल्य जडीबुटीका रूपमा लिइने यार्सागुम्बा डोल्पा जिल्लाका स्थानीयलगायत छिमेकी जिल्लाका स्थानीयको आम्दानीको स्रोत हो । प्रायःजसो स्थानीयहरू यार्सागुम्बा सङ्कलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने, घर खर्च चलाउने गर्छन् ।

कोभिड-१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा खुलारूपमा सङ्कलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियामावलीअनुसार फरक-फरक प्रवेश शुल्क तोकिएको छ । यार्सा पाटनमा यार्सा सङ्कलन गर्न जाँदा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाले पाँच सय, निकुञ्ज जिल्लाभित्रका बासिन्दाले दुई हजार र जिल्ला बाहिरबाट यार्सा सङ्कलन गर्न आउनेले तीन हजारका दरले प्रवेश शुल्कवापत तिर्नुपर्नेछ ।

यार्सागुम्बा सङ्कलनकर्ताका लागि सुलिगार्ड, धो, साल्दाङ्ग, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने छ ।

डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेका करिब दुई दर्जनभन्दा बढी यार्सागुम्बा पाटनमा सर्वसाधारणको भीड हुने र आपराधिक गतिविधि हुनसक्ने भएकाले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्न श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा सुरक्षा परिचालन गरिनेछ ।

जेठ १ देखि डोल्पाका यार्सा पाटन खुल्ने

अटेरी विद्यालयलाई कारवाही गर !

जेठ १ देखि डोल्पाका यार्सा पाटन खुल्ने

आठ करोड पेश्की लिएर आयोजना अलपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *