कहाँ–कहाँ छ मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना ?

काठमाडाैं । नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले‍ बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

कहाँ–कहाँ छ मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना ?

गुर्भाकोटमा ३९० घण्टे मोटरसाईकल मर्मत तालिम सुरु

कहाँ–कहाँ छ मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना ?

भुईमा बसेर पढ्छन् विद्यार्थी

Leave a comment

Your email address will not be published. Required fields are marked *