भुईमा बसेर पढ्छन् विद्यार्थी

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका १ तुम्चमा रहेको देवल आधारभुत विद्यालयका विद्यार्थीलाई भुईमा बसेर पढ्नु पर्ने बाध्यता रहेको छ । उक्त विद्यालयमा विद्यार्थीहरुलाई बस्नको लागि डेस्क बेन्चको व्यवस्था नहुँदा भुइमा बसेर पढ्न बाध्य हुनु परेको स्थानीय अभिभावक रतन रावतले बताए ।

कक्षा १ र २ का विद्यार्थीलाई हालसालै एक गैर सरकारी संस्थाको सहयोगमा कार्पेट बिछ्याइएको छ भने अन्य सबै कक्षाकोठामा बस्नका लागि ढुङ्गा र काठका टुक्रा राखिएको छ । वर्षातको समयमा विद्यालयको कक्षा कोठामा पानी भरिएर बस्न नमिल्ने तथा कक्षा कोठाका भित्तासमेत भत्किने डरले पानी परेको समयमा विद्यार्थीहरु कक्षामा बस्न डराउने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अदानसिं रावतले भने आफुले स्थानीय सरकारदेखि सरोकारवाला निकायसँग सहयोगको पहल गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्छन । यस्तै प्रधानाध्यापक कालीबहादुर रावतले तीन तहका सरकारले उपेक्षा गर्दा यसको प्रत्यक्ष मारमा विद्यालय परेको बताए ।

भुईमा बसेर पढ्छन् विद्यार्थी

कहाँ–कहाँ छ मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

भुईमा बसेर पढ्छन् विद्यार्थी

निःशुल्क एम्बुलेन्स सेवा

Leave a comment

Your email address will not be published. Required fields are marked *