सल्यानमा हुँडार टाउको काटीएको अवस्थामा मृत फेला

सल्यानमा जंगली जनावर हुँडार टाउको काटीएको अवस्थामा मृत फेला परेको छ । शारदा नगरपालिका–१, शान्तिनगर बस्तीनजिकै शारदा नदीको किनारमा रहेको खेतमा आइतबार बिहान टाउको काटिएको अवस्थामा हुँडार फेला परेको हो ।
कसैले मारेर फालेको हो वा गाडीको ठक्करबाट मरेको भन्ने खुल्न नसकेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले बताए । मृत अवस्थामा भेटिएको हुँडार झन्डै ८ वर्षजतिको रहेको उनले बताए ।






