२०८३ आश्विन १७ गते
×

Now Playing

एमाले कर्णाली अधिवेशन ः नयाँ नेतृत्व चयनमा सहमति जुट्न सकेन

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि नेताहरूबीच सहमति नजुटेपछि निर्वाचन हुने भएको छ ।

बुधवारबाट वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमतिमा जुट्न सकेन् । अधिवेशनको बन्दसत्रमा सहमति जुट्न नसकेपछि निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका अनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार निर्वाचन हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा पदाधिकारी चयन गर्न दिएको निर्देशन अवेज्ञा गर्दै नेताहरू आफ्नो हठबाट पछाडि नहटेपछि निर्वाचनबाट नेतृत्व चयन हुन लागेको हो ।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न नसके गुट उपगुट बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीले मात्रै होइन, एमाले महासचिव शंकर पोखरेलले पनि बुधवार बन्दसत्र सुरु हुनुअघिसम्म सहमतिको अधिकतम प्रयास गरेका थिए । तर, सहमति हुने छाँट नदेखेपछि उनी काठमाडौं फर्किएका थिए ।

महासचिव पोखरेलले आफ्नै टिममा बनेको गुटलाई रोक्न नेताहरूसँग वान टु वानको भेटघाटमा सहमतिको प्रयास गरे पनि स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहबीचको प्रतिष्ठाको लडाइँले अधिवेशन निर्वाचनउन्मुख बनेको हो ।

प्रदेश अध्यक्षका लागि कँडेलले पार्टी पोलिटब्युरो सदस्य सल्यानका गुलावजंग शाह र प्रदेश अध्यक्ष शाहले प्रदेश कमिटी सदस्य कालीकोटका मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन लबिङ थालेपछि सहमतिको सम्भावना टरेको एमाले स्रोतको दाबी छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कालीकोटका शाहीलाई प्रदेश अध्यक्ष बनाउन खोजेको प्रस्ट देखिन्थ्यो । सोहीअनुसार महासचिव पोखरेल पनि सकारात्मक देखिएको बताइएको थियो । तर, अध्यक्ष ओली काठमाडौं फर्किएपछि एकाएक समीकरणमा बदलाव आएको बताइएको छ ।

भिजिटर नेताका रूपमा परिचित शाहीलाई ओलीको समर्थन हुँदाहुँदै पनि महासचिव पोखरेलले एक टिकटक भिडियोबाट विवादित छवि बनाएका पार्टी पोलिटब्युरो सदस्य गुलावजंग शाहलाई अध्यक्ष बनाउन थालेको लबिङ नै अन्ततः चुनावमा जाने विन्दु बनेको एमालेका एक केन्द्रीय सदस्यले बताए ।

महासचिव पोखरेलले गुलावजंग शाहलाई नेतृत्वमा ल्याउन गरेको यो प्रयास नौलो भने होइन । साविक भेरी र राप्ती अञ्चल हुँदादेखि नै सल्यानमा प्रकाश ज्वालालाई दबाउनका लागि पोखरेलले शाहलाई बोकेर हिँड्ने गरेको आरोप उनीमाथि रहेको एमाले स्रोत दाबी गर्छ । शाहलाई पार्टीको पोलिटब्युरो सदस्यमा ल्याउनमा मुख्य हात महासचिव पोखरेलको भएको मानिन्छ ।

एमाले कर्णाली अधिवेशन ः नयाँ नेतृत्व चयनमा सहमति जुट्न सकेन

लेखवेशीका एक सय ११ जनालाई लालपुर्जा वितरणको

एमाले कर्णाली अधिवेशन ः नयाँ नेतृत्व चयनमा सहमति जुट्न सकेन

एमालेको कर्णाली अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी