लेखवेशीका एक सय ११ जनालाई लालपुर्जा वितरणको तयारी (विवरणसहित)

सुर्खेत ।
लेखवेशी नगरपालिका गाउँपालिका वडा नं. ४ र ६ अन्तर्रगत पर्ने साबिक कल्याण र दशरथपुरका एक सय ११ जनाको परिवारलाई स्थायी जग्गाधर्नी पुर्जा (लालपुर्जा) वितरणको अन्तिम तयारी गरिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले लेखवेशी नगरपालिकासँगको सहकार्यमा लालपुर्जा वितरणको अन्तिम तयारी गरेको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले २०८० असोज ११ गतेको निर्णय अनुसार एक सय ११ जनाको विवरण सार्वजनिक गरेको हो । थप वा पुरक प्रमाण तथा कागजातहरु पेश गर्न र कुनै दावि विरोध वा उजुरी भएमा ७ दिनभित्र उजुरी दिन आव्हान गरिएको छ । दावि, विरोध र उजुरीका आधारमा छानविन गरी लेखवेशी नगरपालिकाका एक सय ११ जनालाइ स्थायी जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए ।
राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा २० बमोजिम यस अघि भूमि सम्बन्धि समस्या समाधान गर्ने सम्बन्धमा प्रचलित कानुन बमोजिम नेपाल सरकारले गठन गरेका आयोग, समिति वा कार्यदलबाट काम शुरु भइ सम्पन्न हुन बाँकी रहेका काम वा भएका निर्णयको कार्यान्यवन गर्न आयोगलाई अधिकार दिइएको छ ।
विगतका आयोग,समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धि कार्यविधि–२०७८ को दफा ४ को उपदफा(३)बाँकी काम सम्पन्न गर्ने, भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिमा निवेदन दिइसकेको भए सोको विबरण सार्बजनिक गरी त्यस्ता निवेदकहरुबाट जग्गा दर्ता गर्न आवश्यक थप वा पूरक प्रमाण तथा कागजातहरु पेश गर्न र कुनै दावि विरोध वा उजुर गर्नुपर्ने भएमा सोका लागि जिल्ला समितिले कम्तिमा ७ (सात) दिनको म्याद दिइ सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।
जिल्ला समिति सुर्खेतको मिति २०८०-०६-११ को निर्णयअनुसार हाल लेखवेशी नगरपालिका वडा नं. ४ र ६ अन्तर्रगत पर्ने साबिक कल्याण र दशरथपुरका एक सय ११ जना व्यक्तिहरुको विवरण सार्वजनिक गरिएको छ ।








