एमालेको प्रदेश अधिवेशनमा शनिवार मतदान

सुर्खेत ।
नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृच्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि अन्तिम विकल्पका रुपमा मतदान प्रक्रिया शुरु गरेको छ । प्रथम प्रदेश अधिवेशन निर्वाचन कमिटिद्वारा प्रस्ताव गरेको निर्वाचन तालिका बन्दसत्रले पारित गरेको छ ।
तालिका अनुसार अहिले ३ बजे मतदाताको नामावली प्रकाशन, ३ः०० बजेदेखि ३ः३० सम्म मतदाता नामावलीमाथि दावि बिरोध, ४बजे मतदाताको अन्चिम नामावली प्रकाशन, ४ः३० देखि ६ः३० दरखास्त फारम भर्ने समय तोकिएको छ ।
यसैगरि ६ः३० बजे दर्ता भएका उम्मेरदवारको नामावली प्रकाशन, ७ः३० – ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी उजुरी गर्ने, ९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ९ः०० देखि गर्ने भएको छ ।
यसैगरि राती ९ः३० बिहान ८ः०० उम्मेरदारी फिर्ता, ९ः३० बजे उम्मेरदवारको अन्तिम नामावली प्रकाशन र १२ः३० बजे जेखि वेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएकोप्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
प्रमुख खनालका अनुसार प्रदेश पदाधिकारीका लागि पाचँ सय रुपैया र प्रदेश कमिटि सदस्यका लागि तीन सय रुपैया रकम तोकिएको छ ।
प्रमुख खनालका अनुसार प्रदेश पदाधिकारीका लागि पाच सय रुपैया र प्रदेश कमिटि सदस्यका लागि तीन सय रुपैया रकम तोकिएको छ ।






