सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

सुर्खेत । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताएका हुन् ।
यो चालु आर्थिक वर्षको भन्दा ४२ अर्ब ४२ करोड रुपैयाँले कम हो । सरकारले चालु आर्थिक वर्ष २०७९-८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो






