कर्णालीकाे खेलकुदमा संघको उपेक्षा

सुर्खेत । अर्थमन्त्री डा. प्रकाशसरण महतले संसमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले कर्णालीको खेलकुद विकासलाई समेट्न सकेन । कर्णालीका अन्य पूर्वाधारले प्राथमिकता पाएको भएपनि खेलकुद क्षेत्रमा संघ सरकारले कुनै पनि शिर्षकमा बजेट छुट्याउन सकेन ।

कर्णालीमा आगामी २०८१ मा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको छ । तर, संघ सरकार यसप्रति पन्छिएको छ । अन्य प्रदेशमा प्रादेशिक रंगशालाका लागि बजेट विनियोजन गरेको भएपनि कर्णालीलाई भने उपेक्षा गरिएको छ ।

खेलकुद पूर्वाधारको अभाव रहेको कर्णालीमा प्रदेश सरकारले दशौं खेलकुदका लागि प्रदेश रंगशाला निर्माणको काम अगाडि बढाएको भएपनि अन्य खेलकुद पूर्वाधार निर्माणका लागि बजेट अभाव छ । संघ सरकारले आगामी बजेटमा कर्णाली खेलकुदलाई उपेक्षा गरेपछि दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुनेमा संका उब्जिएको छ ।

कर्णालीकाे खेलकुदमा संघको उपेक्षा

सिम्तामा विकास सम्मेलन, मानव विकासलाई जोड दिन

कर्णालीकाे खेलकुदमा संघको उपेक्षा

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१

Leave a comment

Your email address will not be published. Required fields are marked *