सिम्तामा विकास सम्मेलन, मानव विकासलाई जोड दिन सुझाव

दुर्गा विसी

सल्यान। गणतन्त्र दिवस अधिकांस ठाउँमा सभा समारोहमा सिमित भैरको बेला सुर्खेतको सिम्ता गाउँपालिकाले भने पृथक कार्यक्रमगरी गणतन्त्र दिवस मनाएको छ । १६ औँ गणतन्त्र दिवसका अवसरमा गाउँपालिकाले सोमबार विकास सम्मेलनको आयोजना गरेको हो । गाउँपालिकाले जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, राजनीतिक दल, विकास साझेदारहरुलाई बोलाएर आगामी सुझाव संकलन गरेको छ । सम्मेलनबाट विभिन्न १४ बुँदे साझा संकल्प पारित गरिएको छ ।

कार्यक्रममा कणर्ाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क पोख्रेलले शिक्षा स्वाथ्य र रोजगारी सिर्जना गर्ने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । उनले निर्वाचनका बेला विभाजित भएपनि सिम्ताको विकासका लागि सबै राजनीतिक दल एक भएर लाग्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा विज्ञका रुपमा सहभागी नेपाल सरकारका पूर्व सचिव कृष्णहरु बाष्कोटाले गाउँपालिकाले मानव विकासमा प्राथमिकता दिनुपर्ने सुझाव दिए । भौतिक विकासबाट मात्रै समृद्धि नआउने भन्दै मानव विकास, लघु उद्यम, रोजगारका कार्यक्रमबाट जनताका आयस्तर बृद्धिका लागि पालिकाहरुले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले सिम्ताको विकास र समृद्धिका लागि सबै सरोकारवालाहरुका सुझावलाई ग्रहण गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले समृद्धिका लागि आधार तयार गर्नेगरी आफूहरु काम गरिरहेको बताए । राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका राष्ट्रिय उपाध्यक्ष कुलमणि देवकोटाले संविधानले मौलिक हकका रुपमा सुनिश्चित गरेको खानेपानीको हकलाई प्रत्याभूत गराउन पालिकाहरुले भूमिका खेल्नुपर्ने बताए ।

गाउँपालिकालाई समृद्ध सिम्ताः सुखी सिम्तालीको स्थानीय आकांक्षालाई पुरा गर्दै नगरपालिका उन्मुख पालिका गराउन आवश्यक पूर्वाधार विकासका कार्यहरूमा जोड दिने, ‘सिम्ता गाउँपालिकाको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार’ मूल मर्मलाई आत्मसात् गर्दै शैक्षिक क्षेत्रको समग्र विकास गरिने, ‘स्थानीय विकासका लागि नागरिक र नागरिकको लागि स्थानीय सरकार’ को भावनालाई आत्मसात् गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै ‘स्थानीय उत्पादन र उद्यममा वृद्धिः यसैमा छ समृद्धि’ नाराका साथ कृषि तथा पशुपालनलाई विशेष जोड दिईने, गाउँपालिकाको पाँच वर्षे आवधिक योजना २०८०/८१ देखि २०८४/८५ लाई कार्यान्वयन गर्ने घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पंगालीले बताए । उनका अनुसार सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गरी मानवीय मर्यादा एवं समानता कायम गरिने, स्थानीय कला, संस्कृति, पर्यटन, पुरातात्विक वस्तुहरुको विकास, संरक्षण तथा प्रवर्द्धन गरिने पनि प्रतिबद्धा गरिएको छ ।

सिम्तामा विकास सम्मेलन, मानव विकासलाई जोड दिन सुझाव

कर्णालीकाे खेलकुदमा संघको उपेक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *