२०८२ फाल्गुन ५ गते
×

Now Playing

जाडो बढेपछि एक महिनाका लागि करानका विद्यालय बन्द


जिल्लाका एक नगरसहित चार ओटा स्थानीय निकायमध्ये हिउँदको समयमा अत्यधिक चिसो हुने पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयहरूमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ ।

अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र शिक्षक–विद्यार्थीलाई पाठनमा अप्ठ्यारो हुनेभएपछि पुसको दोस्रो सातादेखि आगामी माघ १५ गते सम्मका लागि गाउँपालिका भित्र कम उच्च हिमाली बस्तीहरू सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ र दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयहरूमा एक महिना जाडो बिदा दिने निर्णय भएको मुगुम् कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । ती बस्तीहरूमा जाडो अत्यधिक भएका कारण दिन प्रति दिन विद्यार्थी स्कुल आउन छाडेपछि एक महिना विद्यालय बन्द गर्नु परेको गाउँपालिकाले जनाएको छ ।

जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले एक महिनाका लागि माथिल्लो करानमा पठन पाठन बन्द गरिएको अध्यक्ष क्याप्ने लामाले बताए ।

पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिका भित्र कार्यरत शिक्षकहरू आफ्ना घरतर्फ लागेका छन् । गाउँपालिकामा एक महिनासम्म विकास निर्माणका कामदेखि अन्य सरकारी सेवा प्रवाहका कामहरूसमेत चिसोका कारण प्रभावित हुने बताइएको छ ।

बिस्तारै चिसो कम भएपछि माघ महिनाको १५ गते पछि गाउँ पालिका भित्रका सम्पुर्ण सरकारी सेवाका काम नियमित रूपबाट सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्ती मुगु, चितै, डोल्फू, किम्रीलगायत बस्तीका बासिन्दा जाडो छल्न बेँसी झरेपछि गाउँ सुनसान भएका छन् । जाडो छल्न बेँसी झरेका सर्वसाधारण गर्मी मौसम सुरु भएपछि गाउँ फर्किने गरेका छन् ।

जाडो बढेपछि एक महिनाका लागि करानका विद्यालय बन्द

घरमै मुहानको शुद्ध पानी पुगेपछि स्थानीय खुसी

जाडो बढेपछि एक महिनाका लागि करानका विद्यालय बन्द

कर्णालीमा लगानी सम्मेलनको तयारी