ज्येष्ठ नागरिक दिवसको अवसरमा न्यानो कम्बलले सम्मान

जुम्लामा तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाको आयोजनामा दिवस रुपमा मनाईएको छ ।
दिवसको अवसरमा जिल्लाका सवैभन्दा ज्येष्ठ नागरिकहरुलाई न्यायो कम्वलले सम्मान समेत गरिएको छ। जिल्ला ज्येठ नागरिक संघले ९७ बर्षका धनलाल हमाल, ८६ बर्षका चन्द्रबहादुर थापा सहितका व्यक्तिहरुलाई न्यानो कम्वलले सम्मान गरिएको हो । चन्दननाथ नगरपालिका जुम्ला र जिल्ला ज्येष्ठ नागरिक संघको लगानीमा २० जना ज्येष्ठ नागरिकलाई न्यानो कम्वलले स्वागत गरिएको हो ।

चन्दननाथ नगरपालिका जुम्लाका वाल कल्याण अधिकारी पुष्पा थापाका अनुसार जुम्लाका स्थानीय तहका वि.सं १९८३ देखी २००२ सम्मका २० जना ज्येष्ठ व्यक्तिहरुलाई चिसोको समयमा कम्बल वितरण गरिएको छ। दिवसको अवसरमा जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाले यस क्षेत्रमा योगदान पुरयाउने व्यक्तिलाई पनि सम्मान गरेको छ।जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाको सांगठनिक संरचना निर्माण गर्न योगदान पुरयाएको भन्दै नेपाल पत्रकार महासंघ जुम्लाका जिल्ला अध्यक्ष नेत्रबहादुर शाहीलाई र आयूवेर्द स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानेलाई ज्येष्ठ नागरिकको आयूवेर्द औषधी सहज गर्न सहयोग गरेकाले सम्मान गरिएको छ ।
जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका सचिव तुलाराम न्यौपानेले ज्येष्ठ नागरिक संघ जुम्लालाई सहयोग गर्ने सवैलाई विशेष धन्यवाद ज्ञापन गरे । उनले संघमा हाल ६ लाख बचतकोषमा रकम जम्मा गर्न सफल भएको र २ सय ५० बढि आजिवन सदस्य छन्। दिवसको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले ज्येष्ठ नागरिकको अधिकारका लागि सवैले सहयोग गर्नुपर्ने बताए।
आचार्यले यातायातमा ज्येष्ठ नागरिकको सिट कायम गर्न निर्णय भएपनि कार्यान्वयन नभएको बताए।भवन निर्माणमा सहयोग गर्न आवश्यक छ।चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिकले हिउँदे सिजनमा दिने भवन निर्माणका लागि पहल गर्न आवश्यक रहेको बताए । यसका लागि चन्दननाथ नगरपालिकाले विशेष जोड दिन जरुरत छ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संविधान प्रदत्त ज्येष्ठ नागरिकको अधिकारका लागि स्थानीय सरकार लागि परेको भन्दै यस बिषयमा सरोकारवाला निकाय सचेत हुनुपर्ने बताए।






