२०८३ असार २ गते
×

Now Playing

५२ हजार बढी घरधुरीमा ‘स्टिकर’ टाँसियो

सुर्खेत । प्रहरीले कर्णालीका ५२ हजार भन्दा बढी घरधुरीमा स्टिकर टाँसेको छ । गत असार ३१ गतेदेखि कर्णाली प्रदेश प्रहरीले ‘सुरक्षित कर्णाली विशेष अभियान’ अनुरुप नागरिकलाई प्रहरी सेवामा सहज पहुँच पु¥याउन प्रत्येक घरधुरीमा नजिकका प्रहरी कार्यालयको विवरणसहितको स्टिकर टाँस्ने अभियान थालनी गरेको थियो ।
अभियान अन्र्तगत मंगलवार सम्ममा कर्णालीका ५२ हजार दुई सय सात घरधुरीमा नजिकका प्रहरी कार्यालयको विवरण सहित स्टिकर टाँसिएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

सुर्खेतमा सात हजार ६ सय, दैलेखमा तीन हजार नौं सय ४७, जाजरकोटमा एक हजार नौं सय ७१, सल्यानमा चार हजार एक, रुकुम पश्चिममा नौं हजार ६ सय ७४, कालीकोटमा २० हजार एक सय ७६, मुगुमा एक हजार एक सय ४२, जुम्लामा दुई सय ९७, डोल्पामा तीन हजार १२ र हुम्लामा तीन सय ८७ गरि ५२,२०७ घरधुरीमा स्टिकर टाँसिएको कर्णाली प्रदेश प्रहरीको कार्यालयले जनाएको छ ।

यसअघि नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुरक्षित कर्णाली विशेष अभियानको शुभारम्भ गरेका थिए । प्रदेशमा वसोवास गरिरहेका नागरिकहरुले कुनै शंकास्पद चिजवस्तुहरु पाएमा, देखेमा वा आफु असुरक्षित भएको महशुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अभियानको थालनी गरिएको कर्णाली प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानीरीक्षक भिमप्रसाद शर्माले अभियान शुभारम्भ कार्यक्रममा बताएका थिए ।

कतिपय नागरिकलाई प्रहरीको फोन नम्बर थाहा नहुँदा जानकारी दिन नसक्ने र ढिलो खबर गर्ने बाध्यताको कारण अपराधी भाग्ने तथा नागरिकलाई सुरक्षाको अुनभुति हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै कर्णालीमा स्टिकर टाँस्न थालिएको उनको भनाई थियो । कर्णालीका दशवटै जिल्लाका तीन लाख ७१ हजार एक सय २५ घरधुरीमा आगामी असोज महिनासम्ममा स्टिकर टाँस गरिसक्ने प्रहरीको योजना छ ।

स्टिकर टाँस्ने गतिविधिका लागि तीन हजार जना बढी प्रहरी परिचालित भएका छन् । स्टिकर टाँस्न प्रत्येक घरधुरीमा पुगेका प्रहरीहरुले घर परिवारसँग सुरक्षा विषयमा अन्तरक्रिया र विवरण पनि राख्ने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

५२ हजार बढी घरधुरीमा ‘स्टिकर’ टाँसियो

निर्वाचन खर्च विवरण किन सार्वजनिक नगरेको ?

५२ हजार बढी घरधुरीमा ‘स्टिकर’ टाँसियो

गैर आवासीय नेपाली संघ कोरियाको सचिवमा बुढाको

Leave a comment

Your email address will not be published. Required fields are marked *